बालप्रभातको २९औँ वार्षिकोत्सव मनाईयो

पोखरा १८ फागुन ।

पोखराको न्यूरोडमा रहेको बालप्रभातबोर्डिङ स्कूलको २९औँ वार्षिकोत्सव, अभिभावकदिवस एवं पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  कार्यक्रमको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका शिक्षाविकास निर्देशकबाबुराम ढुङ्गानाले संस्कार सहितको शिक्षाले मात्र देश विकाशमा टेवा मिल्ने बताए । विद्यालयले गरेको प्रगति निकै प्रसंसनीय रहेको उनको भनाई थियो । साथै उनले राज्यले शिक्षाको विकासका लागि बनाउने ऐन नियम कहिल्यै पनि निषेध गर्ने किसिमका नभएको दावी समेत गरे ।

सो अवसरमा हिसान कास्कीका अध्यक्षडा रामजी शर्मा, प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा, अभिभावक कृष्ण प्रसाद सुवेदी, व्यवस्थापन समिति सल्लाहकार रामजीवन यादव लगायतले बोलेका थिए । विद्यालयको प्रगति एवं वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै विद्यालयकाप्राचार्य डिल्लीराम अर्यालले शिक्षण सिकाई प्रभावकारी बनाउन कितावी ज्ञानमा मात्र नभई व्यवहारिक अभ्यास गरिएको बताए । अभिभावकहरुले पनि बालबालिकाको शिक्षामा महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्नेमा उनले जोड दिए । साथै उनले वर्षभरी विद्यालय र विद्यार्थीले प्राप्त गरेका उपलब्धीहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवकै अवसर पारेर विद्यालयले शैक्षिकवर्ष २०७४÷७५ को शैक्षिक, अतिरिक्त, अनुशासन, सरसफाई र नियमित हाजिरी विधा अन्र्तगतका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । साथै गतवर्षको एस ई ई मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई पनि विद्यालयले विशेष सम्मान गरेको छ । त्यसैगरी विद्यालयले प्रदान गर्दै आएका विभिन्न पदकहरु मध्ये दीर्घ सेवापदक र एस ई ई उत्कृष्ट नतिजा सम्मानबाट शिक्षक राजु खड्का, प्रिन्सिपल अवार्डबाट सरस्वती जलारी, समाजसेवी सम्मानबाट मेजर दिलबहादुर गुरुङ र योगदान बापतको कदरबाटपूर्व प्राचार्य शालिकराम अधिकारी सम्मानित भएका छन् ।

सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य, तेक्वान्दो खेल कौशल, गायनतथा शैक्षिक क्षेत्रको वर्तमान अवस्थालाई चित्रण गरेर तयार पारिएको सिस्नोपानी शीर्षकको सन्देशमूलक नाटकमञ्चन गरेका थिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य शीलाथापा र विद्यार्थी कञ्चन लामाले स्वागत मन्तव्यव्यक्त गरे । विद्यालयका शिक्षक राजु खड्का र विभिन्न कक्षाकाछात्र–छात्राहरुले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.