बिजी बिमा कर्मचारीलाई तालिम, पूर्व–कर्मचारीको लागि उपचार सहयोग प्रदान

 

पोखरा, ३ असोज

लेकसाइडको विजि वि क्याफेले आफ्ना कर्मचारीको लागि आतिथ्यता सत्कार सम्बन्धि एक हप्ते तालिम दिएको छ । तालिममा विभिन्न विभागका कर्मचारीलाई विभाग अनुसारको गुणस्तर अभिवृद्धि तालिम प्रदान गरिएको हो । क्याफेले प्रदान गर्ने सेवालाई अझ गुणस्तर बनाउन तालिमको आयोजना गरिएको क्याफेका सञ्चालक मध्य एक ज्याक तामाङले जानकारी दिए । हाइजेनिक खाना तथा प्रभावकारी सेवाका विषयमा तालिम केन्द्रित थियो ।

क्याफेका सञ्चालक ज्याक तामाङको अध्यक्षतामा भएको तालिममा नेपालका वरिष्ठ प्रशिक्षक सुदिप पोख्रेलले प्रशिक्षण गराएका थिए । वरिष्ठ सेफ तथा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका सेफ इन्ट्रक्टर राजकुमार लामाले कुकिङ सम्बन्धि विशेष तालिम गराएका थिए । तालिममा क्याफेका ७१ जना कर्मचारीको सहभागिता थियो ।

स्थापनाकाल देखि नै विदेशी पर्यटकको पहिलो रोजाईमा पर्दै आएको क्याफेले आफ्नो सेवाहरुको गुणस्तरमा समयानुकुल परिष्कृत र परिमार्जित गर्दै विगत केहि वर्ष देखि आन्तरिक पर्यटकहरुको पनि मुख्य रोजाइमा पर्न सफल भएको छ । क्याफेमा सबै वर्गका ग्राहक पुग्ने गरेको छ । ‘साधारण व्यवसाय देखि ठुला बहुराष्ट्रिय कम्पनीका निर्देशक, कर्मचारी देखि हाकिम, नेता, मन्त्री, स्वदेशी तथा बिदेशी कलाकारको रोजाइमा पर्दै आएको छ । हालै मात्र बलिउडका ख्याति प्राप्त कलाकार अर्जुन कपुरले समेत यस क्याफेमा पटक पटक मनोरञ्जनका लागि आएका थिए ।’ क्याफेका सञ्चालक तामाङले भने ।

ग्राहकको चहानालाई ध्यानमा राख्दै खानाको स्वाद र मनोरञ्जनका लागि क्याफेमा आउने ग्राहक सेवाका लागि तालिमले विगतको भन्दा उच्च स्तरिय सेवा प्रदान गर्न सकिने क्याफेका सञ्चालक तामाङले दावी गरे ।

क्याफेले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आईरहेको छ । पर्यटक प्रवद्र्धन कार्यक्रम, लेकसाईडका सडकमा सि.सि. क्यामेरा तथा सोलार बत्ती विस्तार र जडानमा सहयोग गरेको छ । यस्तै अति बिपन्न तथा गरिब विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरी श्री सत्य साई विद्याश्रममा अध्ययनरत २ जना विद्यार्थीहरुलाई विगत १५ वर्ष देखि सहयोग गर्दे आएको र इडेन एकेडेमीमा अध्ययनरत १ जना विद्यार्थीलाई विगत ५ वर्ष देखि सहयोग प्रदान गर्दै आईरहेको छ । २०७२ सालको महाविनाशकारी भुकम्पमा तत्कालिन अवस्थामा गरेको सहयोग तथा राष्ट्र पुनः निर्माण अन्तर्गत सोही भुकम्पले पूर्ण रुपमा ध्वस्त बनाएको नलाङ .६ धादिङ मा अवस्थित श्री नागेश्वरी प्रा.वि.को एक वर्ष मै सम्पूर्ण पुनः निर्माण कार्य सकि स्कुल संचालक समितिलाई हस्तान्तरण गरेको थियो । सहयोगकै क्रममा तालिम समापनको अन्तिम दिन क्याफेका पूर्व कर्मचारी सन्देश परियारलाई मुटु रोग उपचार्थ रु एक लाख चालिस हजार को चेक क्याफेका संचालक तामाङले हस्तान्तरण गरेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.