बिद्यालयमा कार्यरत कर्मचारी र बालविकास स काको तलब वृद्धिको माग गर्दै ज्ञापनपत्र

तनहुँ, २० जेठ
स्थायी शिक्षक हकहित मञ्च नेपाल, तनहुँले शिक्षा विकास तथा समन्वय इकाई मार्फत नेपाल सरकार शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।

बिद्यालयमा कार्यरत विद्यालय सहयोगी, कर्मचारी, बालबिकास केन्द्रक शिक्षक र कार्यलय सहयोगीको तलब वृद्धिको माग गर्दै मञ्चले ज्ञापनपत्र बुझाएको हो ।

न्युन तलबमा बषौँदेखी काम गर्न बाध्य उनीहरुको सुविधा वृद्धिका लागी मञ्चले तनहुँ शिक्षा बिकास तथा समन्वय इकाई प्रमुखका उपसचिब रमाकान्त शर्मा लाई ज्ञापन पत्र बुझाइएको हो । सरकारलाई दबाब दिन पहिलो चरणको कार्यक्रम अन्तरगत ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाइएको स्थायी शिक्षक हक हित मन्चका केन्द्रीय अध्यक्ष रमेशबाबू भट्टराईले जानकारी दिए ।

jutta mela

गएको जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाबाट प्रस्तुत भएको बजेटमा अन्य कर्मचारीकाृ तलब १८ र २० प्रतिशतले वृद्धि भएपनि कर्मचारी, बाल बिकास केन्द्रक शिक्षक र कार्यलय सहयोगीको तलब नबढ्नु अन्याय भएको मञ्चको निष्कर्ष छ ।
कर्मचारीको समस्यालाई राज्यले वेवस्था गरी समायानुकुल बनाउन ध्यान पु¥याउन नसकेको अमानवीय व्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।

‘तलब बौद्धिक श्रमको पारिश्रमिक हो, कुनै भिख होइन’ भन्दै सरकारले छिटो भन्दा छिटो समायानुकुल पारिश्रमिक निर्धारण गनुपर्ने माग उनीहरुको छ । साथै मागलाई वेवस्था गरे आन्दोलनका जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी ज्ञापनपत्र मार्फत दिइएको छ ।

कार्यक्रममा स्थायी शिक्षक हक हित मन्चका केन्द्रीय अध्यक्ष रमेशबाबू भट्टराई , नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राजेन्द्र पौडेल , शिक्षक नेता बिन्दुकुमार श्रेष्ठ , कृष्णहरि गैरे, लक्ष्मी मल्ल, वीर बहादुर बस्नेत, चिनु पोखरेल, राहत शिक्षक जिल्ला अध्यक्ष नरेन्द्र न्यौपाने , जिल्लाको शैक्षिक क्षेत्रमा लामो योगदान दिएका हुतमणि अधिकारी लगायतले बोलेका थिए । ।

You might also like

Comments are closed.