बिपक्षीद्वारा संसद अबरुद्ध

सन्देश श्रेष्ठ

पोखरा  । विपक्षी दलहरुले गण्डकी प्रदेश सभा बैठक अबरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले विहीबारको संसद बैठक अबरुद्ध गरेका हुन् । आफूहरुको जवाफ मुख्यमन्त्रीले नदिएको भन्दै विहीबारको संसद बैठकमा नियमापत्ति गर्दा सत्तापक्षीय र विपक्षीबीच केहिबेर नियमापत्तिको जुहारी नै चलेको थियो ।

गत माघ १४ गते बसेको प्रदेशको संसद बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले मन्त्री परिषदमा ३३ प्रतिशत महिला सहभागिता किन नपु¥याएको भनेर प्रश्न गरेकी थिइन् । संविधानले ३३ प्रतिशत महिला सहभागिताको ज्ञारेन्टी गरेपनि सत्तारुढ दलले मन्त्री परिषदमा ३३ प्रतिशत नपु¥याउनुको कारण माग गरेकी थिइन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलेपनि सरकारको कामकार्वाही सन्तोषजनक नभएको भन्दै सरकारको जवाफ माग गरेका थिए ।

jutta mela

तर बिहीबारको बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्रीले जवाफ नदिएपछि कांग्रेससहित विपक्षी दलका सांसदहरुले बिरोध जनाए । विहीबारको बैठकमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुनले मन्त्रालयसँग सम्बन्धित विषयमा जवाफ दिने प्रयास गरे ।

बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान गठन तथा सञ्चालन सम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । सभामुख अधिकारीले सामाजिक विकास मन्त्री नरदेवी पुनलाई विधेयकको सैद्धान्तिक छलफलका लागि प्रस्ताव राख्न अनुमति दिएपछि विपक्षी सांसदहरुले बैठक अवरोध गरेका हुन् ।

बैठक चलिरहँदा समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले मुख्यमन्त्रीबाट जवाफ नआएको भन्दै नियमापत्ति गरे । आचार्यले नियमापत्ति गरेपछि सभामुख नेत्रनाथ अधिकारीले सरकारलाई रुलिङ गर्ने बताए । सभामुख अधिकारीको जवाफ चित्त नबुझेपछि कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले सरकारको तर्फबाट मुख्यमन्त्रीले जवाफ नआएसम्म बैठक अगाडि बढ्न नदिने अडान राखे ।

सभामुखले रुलिङ गर्छु भनिसकेपछि पनि संसद चल्न नदिने श्रेष्ठको अडानप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद राजीव पहारीले नियमापत्तिको पनि नियमापत्ति गरे । सरकारका दुई जना मन्त्रीले जवाफ दिइसकेकाले संसद चल्न दिनुपर्ने उनको जिकिर थियो । पहारीको नियमापत्तिको पनि नियमापत्तिप्रति नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी र सांसद आशा कोइराला खनालले समर्थन जनाए । विपक्षी दलले नचाहिँदो माग राखेकोप्रति आपत्ति जनाउँदै संसद चल्न दिनुपर्ने बताए । तर फेरि कांग्रेस सांसद कुमार खड्काले नियमापत्तिप्रति पुनः नियमापत्ति जनाए । उनले सत्तापक्षीय सांसदले गरेको टिप्पणीप्रतिपनि आपत्ति जनाए ।

सत्तारुढ दलहरुको नियमापत्तिका बाबजुद विपक्षी सांसदहरुले सरकारले जवाफ नदिएसम्म संसद सञ्चालन गर्न नदिने अडान राख्दै उभिइरहे । सभामुख अधिकारीले बैठक सञ्चालनका लागि विपक्षी सांसदहरुलाई लगातार बस्न अनुरोध गर्दापनि नमानेपछि अन्ततः बैठक शुक्रबार पूर्वाह्न ११ बजेसम्मका लागि स्थगित गरेको घोषणा गरे ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित सांसदहरुले प्रश्न उठाएका सम्बन्धित मन्त्रीहरुले जवाफ नदिएसम्म संसद चल्न नदिने जनाएको छ । कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले मुख्यमन्त्रीले जवाफ नदिए शुक्रबारको बैठकपनि अबरुद्ध गर्ने बताए ।

You might also like

Comments are closed.