बिरामीहरुको रेस्क्यु गर्दै प्रभू हेलिकोप्टर, लकडाउनमा १३ वटा रेस्क्यु फ्लाइट

सुरेन्द्र पौडेल
प्रभू हेलिकोप्टरले लकडाउनको समयमा बिरामी भएकाहरुको विभिन्न ठाउँबाट रेस्क्यु (उद्धार) गरेको छ । लकडाउनको समयमा पोखरा तथा गण्डकी क्षेत्रबाट १३ वटा रेस्क्यु फ्लाइट गरिएको प्रभु हेलिकोप्टरका सिटी म्यानेजर तथा सञ्चालक सुजन जोशीले जानकारी दिए ।

मंगलबार मात्रै स्याङ्जाको चापाकोटबाट बिरामीको उद्धार गरी काठमाडौं ग्राण्डी हस्पिटलसम्म पु¥याइएको छ । शिवकुमार चापाकोट गाउँपालिकाका मेयर हुन् । उच्च रक्तचापका बिरामी शिवकुमार बिहान घरमै ढलेका थिए । ढलेपछि तत्काल उद्धार गरिएको हो ।

यस अगाडि लकडाउन भएदेखि यता म्याग्दीका ३४ वर्षीय गणेश विकलाई पोखरासम्म उद्धार गरिएको थियो । उनी पेटका बिरामी थिए । स्याङ्जा परेनडाँडाका मोतीप्रसाद गुरुङलाई पोखराबाट ह्याम्स हस्पिटल काठमाडौं लगिएको जोशीले जानकारी दिए ।

jutta mela

म्याग्दी धौलागिरी गाउँपालिकाका ७७ वर्षीय नरबहादुर तिलिजालाई फेवासिटी हस्पिटल पोखरा ल्याइएको छ । पोखरा हेमजाका २७ वर्षीय अर्जुन लामिछानेलाई पोखरादेखि गंगालाल हस्पिटल काठमाडौं लगिएको जोशीले जानकारी दिए । लकडाउनकै अवधिमा बागलुङ ढोरपाटनका ३३ वर्षीया भीमा पाण्डेलाई सुत्केरी हुन समस्या भएपछि पोखरासम्म ल्याएको उनले बताए ।

म्याग्दी गुर्जाका ७० वर्षीय चन्द्रमान बिकलाई हृदयघात भएपछि पोखरासम्म ल्याइयो । म्याग्दीको किवानका ८६ वर्षीया पूर्णिमा पूर्जालाई पोखरासम्म उद्धार गरी उपचार पछि पुनः घरसम्म पुर्याइएको जोशीले जानकारी दिए ।

पोखरा हेम्जाका २९ वर्षीया सरिता पौडेललाई सुत्केरी हुनका लागि पोखराबाट ह्याम्स हस्पिटल काठमाडौं लगिएको र उपचारपछि काठमाडौंबाट पुनः पोखरासम्म उद्धार गरिएको छ । मुस्ताङका ७० वर्षीय कचिङ गुरुङलाई जोमसोमबाट पोखरासम्म उद्धार गरिएको छ । उनी उच्च रक्तचापका बिरामी थिए । ‘लकडाउनलाई मध्य नजर गरी शुलभ शुल्कमा बिरामीहरुको उद्धार गरिरहेका छौं,’ जोशीले भने, ‘तत्काल उपचार आवश्यक भएकाहरुलाई राहत भएको छ ।’

You might also like

Comments are closed.