‘बीमा गर्ने हो, जोखिमको भार छल्ने हो’

काठमाडौं । बीमा जनचेतना सम्बन्धी गीत सार्वजनिक भएको छ । क्यापिटल न्यूज नेटवर्कले उक्त गीत बजारमा ल्याएको हो । इन्स्योरेन्स खबरको युट्युव च्यानलमार्फत ‘बीमा गर्ने हो’ बोलको गीत सार्वजनिक गरिएको क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले जानकारी दिए ।

निर्जीवन र जीवन बीमा दुवै प्रबद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको गीत अध्यक्ष भण्डारीले युट्युवमा अपलोड गरेका हुन् । गायिका एलिना चौहानले स्वरवद्ध गीतको रचनाकार सिपी पुडासैनी (धतुरे), संगीतकार शशीविक्रम थापा र एरेन्जर श्रीराम रायमाझी छन् ।

युट्युवमा अलपोड गरिएको गीतले बीमा व्यवसायको प्रबद्र्धनमा भूमिका खेल्ने विश्वास गरिएको भण्डारीले बताए । यसअघि क्यापिटल न्यूज नेटवर्कले बीमा जनचेतना सम्बन्धी एक भिडियो भिडियो सामग्री सार्वजनिक गरेको थियो ।

You might also like

Comments are closed.