बुलको मनसुन अफर, जुनसुकै ब्राण्डको ब्याक्हो लोडरसँग नयाँ बुल साट्न सकिने

आर्थिक आवाज
पोखरा । बुल कम्पनीको ब्याक्हो लोडर बिक्री गर्ने कम्पनीले ‘मनसुन एक्सचेन्ज अफर’ ल्याएको छ । जुनसुकै ब्राण्डको ब्याक्हो लोडरसँग नयाँ बुल मेसिन साट्न सकिने गरी अफर ल्याइएको बुलको लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता फेवा इन्टर कन्टिनेन्टल ट्रेडिङ प्रालिले जनाएको छ । कम्पनीको शोरुम पोखराको चाउथेस्थित विजयपुर पुल नजिक छ ।

बुल ब्राण्डको बुल एचडी ९६ ब्याकहो लोडर मेसिन नेपालसहित संसारका धेरै देशमा लोकप्रिय रहेको प्रालिका प्रवन्धक सुजन थापाले बताए । ‘सुनसुकै ब्राण्डको ब्याक्हो लोडर साटफेर गर्न चाहेमा उचित मूल्यांकनसहित नयाँ बुल ब्याक्हो लोडर ग्राहकलाई उपलब्ध गराउँछौं,’ थापाले भने ।

किरलोक्सर इन्जिन भएको बुल मेसिनमा मल्टिपल बकेट अप्सन छन् । बुल मेसिनमा रोलर, ब्रेकर, कंक्रिट मिस्चर, टे«न्सबकेट सजिलै जोड्न मिल्छ । बिक्री, सेवा र स्पेयर्स पार्टस्का सम्पूर्ण सेवाहरु प्रालिमा उपलब्ध रहेको थापाले जानकारी दिए । ‘बिक्री पछिको सेवालाई हामीले प्राथमिकतामा राख्छौं,’ उनले भने ।

jutta mela

You might also like

Comments are closed.