‘बेकनले उत्कृष्ट शैक्षिक परामर्शदाताको परिचय बनाएको छ’

रुद्रप्रसाद अर्याल
कार्यकारी निर्देशक, बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन

पोखराको सिद्धार्थचोकमा रहेको बेकन प्रिमियर इन्टरनेसनल एजुकेशनले बिगत लामो समयदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि न्यूजिल्याण्ड, अष्ट्रेलिया, युके र क्यानडालाई प्राथमिकतामा राख्दै परामर्श सेवा प्रदान गरिरहेको बेकन प्रिमियरका कार्यकारी निर्देशक रुद्रप्रसाद अर्यालसँग आर्थिक आवाजका लागि सन्देश श्रेष्ठले गरेको कुराकानीः

बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन कस्तो खालको संस्था हो ?

बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन विद्यार्थी र अभिभावकहरुलाई विशेष गरी वैदेशिक अध्ययनसँग सम्बन्धित परामर्श गर्न खोलिएको संस्था हो । हामी यस संस्थाबाट वैदेशिक शिक्षाका लागि गर्नुपर्ने तयारी, विद्यार्थी र अभिभावकहरुले विदेश जानुपूर्व गर्नुपर्ने तयारी, अपनाउनुपर्ने सतर्कतालगायतका बारेमा जानकारी गराउँछौं । विद्यार्थी र अभिभावकहरुलाई वैदेशिक शिक्षाको अवसर र चुनौतिबारे मसिनोगरी बुझाउँछौं । त्यसैले यो शैक्षिक परामर्श दातृ संस्था हो । हामी नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत भएकाले यो विश्वसनीय संस्था हो ।

jutta mela

बेकनले विशेष गरेर कुनकुन देशलाई फोकस गरेर विद्यार्थी पठाउँछ ?

विशेषतः न्यूजिल्याण्ड, अष्ट्रेलिया, युके र क्यानडा गरेर ४ देशमा हामी बढी फोकस छौं । विद्यार्थीले भनेको देश भन्दा पनि विद्यार्थीको भविष्य र गुणस्तरियतालाई ध्यानमा राखेर विद्यार्थी पठाउँछौं । विद्यार्थीको दक्षता, क्षमता अनुसार त्यो विद्यार्थी त्यहाँ पुग्दा प्राप्त गर्ने अवसर र चुनौति दुबैलाई तुलना गरेर कुन ठाउँमा उपयुक्त हुन्छ त्यस देशमा मात्रै पठाउँछौं ।

बेकन प्रिमियर इन्टरनेसनल एजुकेशनका खास विशेषताहरु केके हुन् ?

बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयबाट वैदेशिक शिक्षाका लागि परामर्श दिने र त्यसका लागि आवश्यक तयारीहरु आइएलटिएस लगायतका तयारीहरु गराउन आधिकारिक संस्था हो । न्यूजिल्याण्डको लागि हामी ट्रेण्ड एजेन्ट सर्टिफाइड काउन्सिलर हौं । न्यूजिल्याण्ड सरकारको आधिकारिक निकाय एजुकेशन न्यूजिल्याण्डबाट ‘एजुकेशन न्यूजिल्याण्ड रिकग्नाइज एजेन्सी’को रुपमा सर्टिफाइड भएको आधिकारिक संस्था बेकन हो । यसले विद्यार्थीलाई सही सूचना र मार्गनिर्देशन गर्ने, सही तरिका, सहि विधि र विद्यार्थीलाई एकदमै राम्रो भिसा लगाउन सफल संस्था हो भन्ने प्रमाणित भएपछि एजुकेशन न्यूजिल्याण्डले हामीलाई सर्टिफाइड गरेको छ । अष्ट्रेलियाका लागि पनि हामी सर्टिफाइड कन्सल्टेन्ट हौं । संस्था स्थापना भएदेखि नै हामीले विद्यार्थीहरुलाई अष्ट्रेलियाका लागि परामर्श सेवा तथा भिसा प्रक्रियामा सहयोग गर्दै आएका छौं । हाम्रोमा अनुभवी र दक्ष काउन्सिलरहरु हुनुहुन्छ । यूके र क्यानडाका लागि हामी सर्टिफाइड छौं । आइएलटिएस तयारी गर्ने विद्यार्थीहरुका लागि हामीसँग लाइब्रेरीको सुविधा छ । मक टेष्ट पनि गरिन्छ । विद्यार्थीलाई जतिसुकै बेला गाइडेन्स गरिन्छ भने आवश्यकता अनुसार निःशुल्क परामर्श तथा आवश्यक सेवा प्रदान गर्दै आइरहेका छौं । न्यूजिल्याण्ड, अष्ट्रेलिया लगायतका देशहरुमा श्रीमान, श्रीमती मध्ये कुनै एक ती देशमा जानुभयो भने पछि डिपेन्डेन्ट भिसामा आफ्नो लाइफ पार्टनरलाई लैजान सक्ने व्यवस्था छ । त्यसका लागि बेकन प्रिमियर इन्टरनेसनल एजुकेशनले आफ्नै वकिलहरु राखेको छ । लाइसेन्स इमिग्रेसन एडभाइजर (वकिल) राखेर डिपेन्डेन्ट प्रोसेसमा जाने विद्यार्थीहरुलाई सहजीकरण गर्दै आइरहेका छौं ।

विद्यार्थीको विश्वास जित्न कत्तिको सफल भएको छ बेकन ?

हामीले विद्यार्थीलाई वैदेशिक शिक्षाबारे परामर्श दिने सर्टिफिकेट र मान्यता स्वदेश तथा विदेशबाट पाएका छौं । यो त्यत्तिकै पाएका होइनौं । हामीले दिएको गुणस्तरीय सेवाबाट विद्यार्थी र उनीहरुका अभिभावकहरु सन्तुष्ट हुनुहुन्छ भन्ने प्रमाणित भएकै कारण प्राप्त भएको हो । हामीलाई विद्यार्थी र अभिभावकहरुले धेरै विश्वास गर्नुहुन्छ । हामी नेपालकै उत्कृष्ट परामर्श दाताका रुपमा दर्ज भइसकेका छौं ।

विद्यार्थी र अभिभावकहरुलाई कसरी काउन्सिलिङ गर्नुहुन्छ ?

विद्यार्थीहरुलाई हामी हचुवाको भरमा परामर्श गर्दैनौं । विद्यार्थीको परिवारको अवस्था के हो ? उसको परिवारको आर्थिक अवस्था कस्तो छ ? उसको पढाई कस्तो छ ? र विद्यार्थीको इच्छा र चाहनालाई मध्यनजर गरेर हामी काउन्सिलिङ गर्छौं । हामी विद्यार्थीले जान चाहेको देशमा भिसा प्रक्रिया कस्तो छ ? सम्बन्धित देशको शिक्षा प्रणाली, शिक्षा नीति कस्तो छ ? र त्यहाँ गएपछि अवसर र चुनौतिहरु के हो ? भन्ने आधार मानेर विद्यार्थी र तिनका अभिभावकहरुलाई काउन्सिलिङ गर्छौं । कतिपय देशमा हचुवाको भरमा विद्यार्थी पठाउँदा अलपत्र परेको, पढ्ने कलेज नै बन्द भएर फर्कनु परेको लगायतका समस्या भोगेको जस्ता कुराहरु सुन्नुपर्दा नराम्रो लाग्छ । त्यसैले हामी जिम्मेवार शैक्षिक परामर्श दातृ संस्थाको हिसाबले, सचेत व्यवसायी तथा दशक लामो अनुभवका कारण पनि उत्कृष्ट सेवा र परामर्श दिइरहेका छौं ।

विद्यार्थीले बेकन नै किन रोज्ने ?

बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन एउटा उत्कृष्ट परामर्श दातृ संस्था हो । विद्यार्थी र अभिभावकको विश्वास जितेर उत्कृष्ट नतिजा दिदै आएको छ । यो नेपाल सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त संस्था हो । न्यूजिल्याण्ड, क्यानडा, युके लगायतका देशका लागि हामी सर्टिफाइड छौं भने अष्ट्रेलियाको लागि आधिकारिक कन्सल्टेन्ट हौं । हामी पूर्ण रुपमा विद्यार्थीको भविष्यमा केन्द्रित रहेर सेवा दिन्छौं । नतिजा पनि उत्कृष्ट भएकाले अभिभावक र विद्यार्थीको विश्वास पनि जित्न सफल छौं । सोही कारण आगामी दिनमा पनि विद्यार्थीले बेकन रोज्नुहुनेमा हामी विश्वस्त छौं ।

तयारी कक्षा कुनकुन समयमा सञ्चालन हुन्छ ?

बेकन प्रिमियर इन्टरनेसनल एजुकेशनमा विहान ७ बजेदेखि बेलुका ६ बजेसम्मै कक्षा सञ्चालन भइरहेका छन् ।

अन्तिममा विद्यार्थी र अभिभावकहरुलाई तपाईंको आग्रह के छ ?

विद्यार्थी र अभिभावकहरुलाई मेरो यहि आग्रह छ कि बजारमा धेरै शैक्षिक परामर्श दातृ संस्थाहरु छन् । तर वैदेशिक अध्ययन जस्तो महत्वपूर्ण निर्णय लिनुपूर्व परामर्शका लागि उत्कृष्ट संस्था रोज्न आवश्यक छ । जसले गर्दा विद्यार्थीको भविष्य सुनिश्चित होस् । कहिंकतै अलपत्र पर्नु नपरोस् । बीचमै पढाई छाडेर फर्कनु नपरोस् । त्यसका लागि उत्कृष्ट शैक्षिक परामर्श दातृ संस्था चाहिन्छ र त्यो बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन एउटा उत्कृष्ट गन्तव्य भएकाले यहाँहरुलाई एकपटक आइदिनुहुन हार्दिक अनुरोध गर्दछु । यहिंबाट सेवा लिनुपर्छ भन्ने छैन तर कम्तिमा पनि एकपटक आएर बुझ्नुभयो भने विद्यार्थी र अभिभावकहरुलाई विदेश जान पक्कैपनि धेरै नै सहयोग पुग्छ ।

अन्त्यमा भन्न चाहन्छु कि विदेशमा चुनौतिहरु पनि छन् र सँगसँगै अवसरहरु पनि प्रशस्त छन् । त्यसैले विदेश जानुपूर्व आर्थिकदेखि लिएर इच्छा, चाहना र उसको पढाईको स्तर अनुसारको कलेज र देश छनौट गरेर जानका लागि म आग्रह गर्छु ।

You might also like

Comments are closed.