पोखरा । बजारमा गुणस्तरहीन बस्तुहरुको बिक्री बढेको छ । गुणस्तरहीन बस्तुमा मार्जिन बढी हुने भएकाले केही व्यवसायीहरुले गैरकानुनी बाटो अबलम्बन गरी उपभोक्ता झुक्याउने गरेका छन् । यसैक्रममा पोखराको पृथ्वीचोकमा रहेको दयाराम सप्लायर्सले यसरी नै उपभोक्ता झुक्याउने गरेको तथ्य फेला परेको छ ।
गोकुल ब्राण्डको बेकरी सर्टेनिङ घ्यूलाई शुद्ध घ्यु भनेर बेचेको सोमबार गरिएको बजार अनुगनमा क्रममा पत्ता लागेको उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले आर्थिक आवाजलाई जानकारी दिए । दयाराम सप्लायर्समा भएको २८ केजी घ्यु नष्ट गरिएको छ ।
यस्तो घ्यु केक, पाउरोटी बनाउन प्रयोग गरिन्छ । यो वनस्पती घ्यु हो । यसको उद्योग विरगन्जमा रहेको सप्लायर्सका सञ्चालकले अनुगमन टोलीलाई जानकारी दिएका छन् । उद्योगलाई पत्ता लगाई कारबाही गरिने अनुगनम टोलीले जनाएको छ ।
Comments are closed.