बेष्ट फाइनान्सका अध्यक्ष प्रधानले लिए शपथ

आर्थिक आवाज
काठमाडौं । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीर ध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका का.मु.कार्यकारी निर्देशक बम बहादुर मिश्रले अध्यक्षमा चयन भएका अमीर ध्वज प्रधानलाई शपथ ग्रहण गराएका थिए ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको तर्फबाट निर्देशकहरु नरेन्द्र सिंह विष्ट, विरेन्द्र दत्त अवस्थी, दिपक पोखरेल तथा बेष्ट फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी लगायतको उपस्थिति थियो ।
असार २२ गते बसेको फाइनान्स कम्पनीको संचालक समितिको ४७६औं बैंठकबाट संचालक समितिको अध्यक्षमा प्रधानलाई सर्वसम्मत चयन गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.