बैंकका राजश्व उठाउने सबै शाखा र काउन्टरहरु आजदेखि खुल्ला गर्न निर्देशन

काठमाडौं । बैंकका राजश्व उठाउने सम्पूर्ण शाखा तथा काउन्टरहरु आजदेखि ३ दिनसम्म खुल्ला राख्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । आज भदौ २३ गते मंगलबारदेखि २५ गते बिहीबारसम्म राजश्व कारोबार गर्ने बैंक तथा संस्थाहरुका सम्पूर्ण काउन्टरसहित बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरहरु खुल्ला गर्न निर्देशन दिइएको हो ।

नेपाल क्लियरिङ हाउसलाई समेत सो समयमा खुल्ला राख्न भनिएको छ । कोभिड–१९ संक्रमण त्रासका कारण मुलुकका प्राय शहरहरुमा निशेधाज्ञा जारी हुँदा बैंकका सीमित शाखा तथा काउन्टरहरु मात्रै खुलेका थिए । राजश्व संकलनमा सहज होस भनेर राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

You might also like

Comments are closed.