बैंक किस्ताको समयाबधी बढाउन ट्याक्सी व्यवसायीको आग्रह

पोखरा । पोखरेली ट्याक्सी सेवा प्रा.लि. ले बैंकबाट लिएको रकमको सावा तथा ब्याज तिर्ने समय अवधी बढाउन बैंक तथा बित्तीय संस्थासँग आग्रह गरेको छ । लकडाउन सकिएको मितिले ६ महिना पछि मात्र बैंक तथा बित्तीय संस्थामा रकम बुझाउने वातावरण बनाउन विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

कोरोना महामारीका कारण सृजना भएको विषम परिस्थिति तथा लकडाउनका कारण यातायात व्यवसाय ठप्प छ । कम्पनीमा आवद्ध करिव १ हजार ७ सय सवारी साधन घर तथा ग्यारेजमा थन्किएकाले व्यवसायी समस्यामा परेको प्रा.लि.का अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए ।

jutta mela

‘बिषम परिस्थितिमा जोखिम मोलेर पनि कतिपय ट्याक्सीले एम्वुलेन्सको काम गरिरहेका छन्,’  उनले भने । तीनै तहका सरकारबाट राहतका कार्यक्रम ल्याएर तत्काल कार्यान्वयन गर्नुपर्ने व्यवसायीको माग छ ।

You might also like

Comments are closed.