ब्याज तथा किस्तालाई केही महिना पछाडि सार्न लेउवासंघको अनुरोध

ब्यवसायीलाई संयमित हुन लेउवा संघको अपिल

लेखनाथ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघले आम जनसमुदायमा नआत्तिन र हल्लाको पछाडि नलागी स्वयंम आफ्नो सुरक्षाका विभिन्न उपायहरु अपनायर संयमित भई सहज रुपमा व्यापार व्यवसायमा लाग्न अनुरोध गरेको छ । विश्व व्यापी फैलिएको कोरोना भाइरस (कोभित–१९) को कारणबाट देखिएको विषम परिस्थितिलाई मध्यनजर राख्दै संघको आइतबार बसेको पदाधिकारी, पूर्व अध्यक्षहरु र सल्लाहकार समेतको संयुक्त बैठकले उक्त आग्रह गरेको हो ।

कोरोना भाइरस कै कारण व्यवसायमा पर्न गएको असरले बैंकको ब्याज तथा किस्ता भुक्तानी, घर भाडा भुक्तानी लगायतका आर्थिक गतिविधि गर्न कठिनाई भएको परिस्थितिमा नेपाल सरकार समक्ष बैंक तथा वित्तीय संस्थाको ब्याज तथा किस्तालाई केही महिना पछाडि सार्न पनि अनुरोध गर्ने निर्णय गरिएको छ । यस क्षेत्रमा क्रियाशील उद्योगी व्यवसायीहरुको हक हितको सवालमा जस्तो सुकै विषम परिस्थितिमा पनि लेखनाथ उद्योग वाणिज्य संघ सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

You might also like

Comments are closed.