ब्याडमिन्टनमा भारतलाई ४ स्वर्ण

पोखरा । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत व्याडमिण्टन प्रतियोगितामा भारतले ४ वटा स्वर्ण पदक जितेको छ । पोखरा रगंशालाको व्याडमिन्टन कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतले एकाधिकार जमाउँदै ४ स्वर्णपदक जित्न सफल भएको हो । अर्को एक स्वर्ण पदक भने श्रीलंकाले जितेको छ ।

भारतले महिला सिंगल, पुरुष सिंगल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितेको हो भने श्रीलंकाले महिला सिंगलमा स्वर्ण पदक जित्न सफल भयो । भारतका लागि महिला एकल तर्फ अस्मिता चलिहाले स्वर्ण पदक जितिन् । उनले भारतकै गायत्री गोपीचन्दलाई २१–१८ र २५–२३ को सोझो सेटमा पाखा लगाउदै स्वर्ण पदक जितिन ।

पुरुष एकल तर्फ सिरिल बर्माले भातरकै आरेमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । यस स्पर्धामा भारतले नै रजत पदक जितेको हो । पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गरगा र ध्रुव कपिलाको जोडीले श्रीलंकाका सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक भने श्रीलंकाले जित्यो ।

jutta mela

मिक्स डवल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजिद गदै स्वर्ण पदक जिते । रजत पदक भने श्रीलंकाले जितेको छ ।

महिला डबल्समा श्रीलंकाकी थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलंकाकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदकपनि श्रीलंकाले नै जितेको हो । प्रतियोगितामा यसअघि नेपालले ब्याडमिन्टनतर्फ ५ वटा काश्यपदक जितेको थियो ।

You might also like

Comments are closed.