ब्लड क्यान्सरका बिरामी पुनलाई मालिका बचतको तर्फबाट सहयोग

काठमाडौं । ब्लड क्यान्सरका बिरामी विधान पुनको उपचारका लागि मालिका बचत तथा ऋण सहकारी संस्था काठमाडौंको तर्फबाट सहयोग हस्तान्तरण गरिएको छ । बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नं. ६ बस्ने बिजय पुनका ११ वर्षीय छोरा विधान पुन ब्लड क्यान्सर भई काठमाडौंको सिभिल हस्पिटलमा उपचाररत छन् ।

सहकारीका अध्यक्ष जनक धामीले पुनको उपचारका लागि सोमबार २१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । ‘ब्लड क्यान्सरका बिरामी पुनका परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा थोरै भएपनि राहत होस् भनेर सहयोग गरेका हौं,’ धामीले भने । सहकारीको तर्फबाट सहयोग गर्न पाउँदा निकै खुसी लागेको सहकारीका प्रवन्धक जनक बहादुर धामीले बताए ।

You might also like

Comments are closed.