भदौको दोश्रो साता पोखरामा मिडिया कप हुने

सन्देश श्रेष्ठ

पोखरा, २७ साउन । पोखरामा भदौको १० र ११ गते मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । जक्सन डटकम र सिक्स्टिन प्रोडक्सनको सहकार्यमा पोखरा गणेशटोलस्थित स्पोर्ट्स क्यासलमा हुने सोमबार पोखरामा पत्रकार भेटघाट गरी जानकारी गराइएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेश भित्र रहेका सञ्चार माध्ययमा कार्यरत पत्रकार, प्रस्तोता, सम्पादक, क्यामरा पर्सनलगायतले सहभागिता जनाउन पाउने प्रतियोगिता संयोजक अरुण गिरीले जानकारी दिए ।

jutta mela

सञ्चारकर्मी बिच भाइचाराको विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक गिरीले बताए ।

प्रतियोगितामा ३० टिम सहभागि हुने अनुमान गरिएको गिरीले बताए । प्रतियोगितामा सहभागिताका लागि ५ हजार प्रवेश शुल्क तोकिएको छ ।

प्रतियोगिताको प्रवद्र्धकमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेललाई राखिएको छ ।

प्रतियोगिताको प्रचारप्रसारका लागि नेपाली चलचित्रका अभिनेतृ र पोखरेली महिला पत्रकारको टोली बिच फुटसल प्रतियोगिता गर्ने तयारीसमेत गरिएको संयोजक गिरीले बताए ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उप बिजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगितका मिडिया को–अर्डिनेटर विष्णु गौतमले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी र अनुशाषित टिमलाई नगद ५÷५ हजार तथा सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद ३÷३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

You might also like

Comments are closed.