भदौ दोस्रो साता पोखरामा स्कुल स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ अभियानलाई सार्थक बनाउन कास्की जिल्ला ब्याडमिन्टन संघले १८औं जिल्ला स्तरिय अन्तर विद्यालय ईन्द्र बहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगित संचालन गर्ने भएको छ । आगामी भदौ १० देखि १४ गतेसम्म संचालन हुने सो प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक बविन वाग्दासले जानकारी दिए ।

प्रतियोगता पोखरा रंगशालाको ब्याडमिन्टन कबर्ड हलमा हुने र सो कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न १२ वटा उपसमिति गठन गरिसकेको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बर सिं गुरुङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव पाँच लाख खर्च लाग्ने पनि उनले जानकारी दिए । उनले भने, ‘हामीले यो प्रतियोगिता सम्पन्न गर्न हाम्रै साथीभाइ, संघका सदस्य र केहि मनकारी स्पोन्चरहरुको सहयोगबाट सम्पन्न गर्ने सोच वनाएका छौं ।’

प्रतियोगिता राज्यका लागि आवश्यक पर्ने खेलाडी उत्पादन र खेलको विकासका लागि निरन्तर रुपमा संचालन गरिरहेको पनि अध्यक्ष गुरुङको भनाई छ । उनले भने, ‘हामीले आफ्नै पहलमा बिगतदेखि नै यो प्रतियोगिता गर्दै आएका हौं । हाम्रो प्रतियोगिताको प्रतिफलबाट हामीले अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उत्पादन गरेका छौं । जुन हाम्रो सम्पत्तिका रुपम हामीले मूल्याङकन समेत गरेका छौं ।’

jutta mela

भुगोल गुरुङ, पुनम गुरुङ, बिधान अधिकारी, अनुप गुरुङ लगायतका खेलाडी तथा रेफ्रिहरु सवै कास्की जिल्ला व्याडमिन्टन संघले उत्पादन गरि अन्तराष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो स्थान वनाई सकेका छन् । संघकै उत्पादन सचिन गुरुङले यस पटकको प्रतियोगितालाई रेफ्रिको रुपमा संचालन गर्ने पनि संयोजक वाग्दासले जानकारी दिए । रेफ्रि गुरुङ यहि स्कुल स्तरीय प्रतियोगितामा प्रथम भई राष्ट्रिय खेलहरुमा उत्कृष्ठ नतिजा निकल्दै रेफ्रिका रुपमा तीन वटा अन्तर्राष्ट्रिय प्रतियोगितमा भाग लिई अहिले राष्ट्रिय रेफ्रि छन् ।

यस पटकको प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायीक सबै विद्यालयहरुको सहभागिता गराउन हामीले पहल गरिएको उनले बताए । सामुदायीक स्कुलबाट सहभागी हुने विद्यार्थीहरुले सहभागिता शुल्क तिर्नु नपर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिन दिइयो । प्रतियोगितालाई विभिन्न १० समूहमा बिभाजन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आधारभूत तहमा व्वाईज सिङ्गल, गल्स सिङ्गल, माध्यामिक तहमा व्वाईज÷गल्स सिङ्गल र डबल त्यस्तै उच्च माध्यामिक तहमा पनि व्वाईज÷गल्स सिङ्गल÷सिङ्गल डवलमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा उत्कृष्ठ छात्र, छात्रा, उत्कृष्ठ नब खेलाडी, अनुशासित खेलाडी, अधिकतम सहभागी, उत्कृष्ट पोशाक र उत्कृठ स्कुल समेत गरी विभिन्न १७ बिधामा पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

You might also like

Comments are closed.