भलाममा बन्यो पक्की पुल

पोखरा, २३ मंसिर

पोखराको भलाममा मोटरेवल पक्की पुल निर्माण भएको छ । पोखरा वडा नम्बर २० मा पर्ने मणिपाल क्षेत्र र भलाम जोड्ने भलाम खोलामा पक्की पुल निर्माण गरिएको हो । पुलको शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।

पुल १ करोड ९२ लाख ६८ हजार ९ सय ४७ रुपैयाँको लागतमा निर्माण गरिएको पोखरा महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङले जानकारी दिए । उनका अनुसार सरकारबाट १ करोड ७३ लाख ४२ हजार ५२ रुपैयाँ र स्थानियको १९ लाख २६ हजार ८ सय ९४ रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि स्थानिय धनबहादुर केसी, माधव केसी, लेखबहादुर खत्री र वलराम थापाले जग्गा प्रदान गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए । पुल निर्माण भएसँगै पोखरा ११ मणिपाल क्षेत्र, फुलबारी, भलाम, बाटुलेचौर, मौजालगायतका क्षेत्र लाभान्वित हुने भएका छन् ।

पुल उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले पुल निर्माणसँगै पोखरा वडा नम्बर २० मा विकासको शुरुवात भएको बताए । उनले चालु आर्थिक वर्षमा प्रदेश सरकारको गौरवको योजना अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारी, वडा नम्बर २० को भलाम, चण्डी देउराली, हरिहर गुफा, डाडागाउँ हुदै वडा नम्बर १६ को अर्मलासम्म जोड्ने पक्की सडक निर्माणको योजना समेत अगाडी बढेको बताए । विकासमा सबै एकजुट हुनुपर्ने भन्दै उनले भने,‘विकासमा सबै एक हौं, बाटो निर्माण, खानेपानीलगायतमा को कुन पार्टीको भनेर छुट्याउनु भन्दापनि सबै मिलेर सहयोग गरौं, तबमात्र विकास सम्भव छ ।’ आपसमा बाझिए समृद्धि नआउने भन्दै उनले थपे,‘हामी बाझियौं भने, एकले अर्कालाई दोषारोपण ग¥यौं भने विकास र समृद्धि आउँदैन ।’

प्रदेश सांसद तथा कांग्रेस नेता बिन्दुकुमार थापाले पनि बिकासको काममा कसैलेपनि पार्टीको आधारमा बाधा पु¥याउन नहुने बताए ।

त्यस्तै अर्का प्रदेश सांसद प्रभा कोइरालाले पुल निर्माणसँगै भलामको उत्पादन बजारसम्म पुग्ने बाटो खुलेकाले पुल समृद्धिको वाहक बनेर आएको धारणा व्यक्त गरिन् ।पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष अर्जुन खत्रीले विभिन्न अवरोधका बाबजुद पुल निर्माण गरिएको बताए ।

उद्घाटनको अवसरमा पुल निर्माणका लागि जग्गा प्रदान गर्ने स्थानिय धनबहादुर केसी, माधव केसी, लेखबहादुर खत्री र बलराम थापा तथा पुल निर्माणमा संलग्न उपभोक्ता समितिका कार्यसमितिलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्रले सम्मान गरिएको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.