भविष्यको योजना साकार पार्न सिभिल बैंकको ‘एन्युटी डिपोजिट’ निक्षेप योजना

आर्थिक आवाज
पोखरा, २२ भदौ । सिभिल बैंक लिमिटेडले ‘एन्यूटी डिपोजिट’ निक्षेप योजना ल्याएको छ । बचत र मुद्धती खाताको समायोजन गरी बैंकले एन्यूटी डिपोजिट योजना ल्याएको जनाएको छ । यो योजना नेपालकै पहिलो भएको बैंकले दाबी छ । योजनाको आइतबार पोखरामा पत्रकार भेटघाट गरी सार्वजनिक गरिएको छ ।

एन्यूटी डिपोजिट निक्षेप योजना भनेको समान डिपोजिट निक्षेप योजना हो । बचतकर्ताले भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न यो योजना छनौट गर्न सक्ने बैंकको भनाई छ । बैंकका अनुसार बचतकर्ताले निश्चित अवधी तोकेर किस्ता भुक्तानी गर्ने र सो अवधी पूरा भएपछि इच्छाइएको रकम एकमुष्ठ प्राप्त गर्ने निक्षेप योजना हो ।

यो योजना अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधि स्थिर रहनेछ । व्यक्ति र संस्था दुबैले सञ्चालन गर्न मिल्ने यो योजनाका लागि एक हजारबाट नै बचत गर्न सकिने निक्षेप योजना भएको बैंकका गण्डकी प्रदेश प्रमुख समीर केसीले बताए । यो योजना १ वर्षदेखि ७ वर्षसम्मको अवधीको हुने उनले जानकारी दिए । थोरै थोरै रकम जम्मा गरी सन्ततीको भविष्यको योजना साकार पार्न सहयोगी हुने उनको भनाई छ ।

jutta mela

मासिक रकम बचत गरी योजनाको अन्तिममा सावासहित ब्याजसमेत एकमुष्ठ प्राप्त गर्ने बैंकले जनाएको छ । इच्छाएको खण्डमा ३ महिनापछि यो योजना बन्दसमेत गर्न सकिने बैंकका लेखनाथ शाखा म्यानेजर हरिकृष्ण अधिकारीले बताए । बचतकर्ताले चाहेमा बचत रकमको ६० प्रतिशत रकम ऋण निकाल्न पनि पाइने उनले जानकारी दिए ।

बैंकले ९६ शाखाहरु मार्फत यो सेवा दिइरहेको जनाइएको छ । गण्डकी प्रदेशमा सिभिल बैंकको कारोबार राम्रो र उत्साहजनक रहेको केसीले बताए । ‘हाम्रा ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न हामी सफल छौं,’ उनले भने ।

You might also like

Comments are closed.