भाटभटेनी सुपरमार्केटको २०औं शाखा हेटौंडामा खुल्दै

काठमाडौं । भाटभटेनी सुपरमार्केटको २०औं शाखा बागमती प्रदेशको राजधानी हेटौंडामा खुल्ने भएको छ । भाटभटेनीका सञ्चालक तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबार भूमि पूजा गरी २०औं शाखाको शिलान्यास गरेका छन् ।

आगामी नयाँ वर्षसम्ममा सञ्चालनको लक्ष्यसहित शाखाको शिलान्यास गरिएको गुरुङले जानकारी दिए । ‘बागमती प्रदेशको राजधानीमा शाखा खोल्न पाउँदा हामी निकै खुसी छौं,’ उनले भने, ‘हेटौंडा निकै राम्रो सम्भावना भएको ठाउँ हो ।’

साढे ८ कठ्ठा जग्गामा आधुनिक सुविधासम्पन्न भवन निर्माण गरी शाखा सञ्चालन गरिने गुरुङले जानकारी दिए । ‘शिलान्यासँगै अब भवन निर्माणको काम तिब्र गतिमा हुन्छ,’ उनले भने । शाखा सञ्चालनमा आएपछि हेटौंडामा मात्रै करिब २ सय जनाले रोजगारी पाउने उनले बताए ।

२०३२ सालमा नेपाल बैंकको म्यानेजर भएर हेटौंडामा रोजगारीका लागि आएको स्मरण गर्दै उनले भने, ‘मलाई त्यो बेलादेखि नै यहाँ केही गरौं भन्ने लागेको थियो । अहिले व्यावसायिक रुपमा जोडिने अवसर मिल्दा खुसी छु ।’ आम उपभोक्ताको मायाले भाटभटेनीले देशभर शाखा सञ्जाल विस्तार गर्न सकेको उनले बताए ।

भाटभटेनी

भाटभटेनी हेटौंडा शाखाको शिलान्यास कार्यक्रम ।

Gepostet von Arthik Awaj am Mittwoch, 8. Juli 2020

 

You might also like

Comments are closed.