भाडा समायोजनप्रति ट्याक्सी व्यवसायीको आपत्ती, पहिलो किलोमिटरमा ३ रुपैयाँ घट्यो

आर्थिक आवाज
पोखरा, ३० जेठ । सार्वजनिक यातायातको भाडा सरकारले १२ प्रतिशत बढाएसँगै व्यवसायीहरु खुसी भएका छन् । तर, ट्यास्की व्यवसायीहरु भने यसको बिरोधमा छन् ।

असार १ गतेबाट लागु हुनेगरी बढाइएको भाडाले ट्यास्कीको भाडादरमा अझ घाटा भएको ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारी बताउँछन् । यस अगाडि ट्यास्कीको मिटर अन गर्नासाथ १४ रुपैयाँ र प्रतिकिलोमिटर गुड्दा ३९ रुपैयाँ थप हुँदै जान्थ्यो ।

समायोजनसँगै मिटर अन गर्नासाथ उठ्ने १४ रुपैयाँ खारेज भएपछि व्यवसायीहरुले आपत्ती जनाएका छन् । यस अगाडि १४ रुपैयाँमा ३९ रुपैयाँ थप हुँदा एक किलोमिटरमा ५३ रुपैयाँ भाडा उठ्थ्यो । अहिले समायोजन गरिएको भाडामा पहिलो किलोमिटर ५० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैैसा (प्रति किलोमटिर ४४ रुपैयाँ) का दरले भाडा थपिनेछ ।

‘लामो दुरीका लागि हामीलाई समस्या छैन,’ उनले भने, ‘ट््याक्सीहरु प्राय छोटो दुरीमा सञ्चालन हुने हुँदा व्यवसायीलाई मर्का परेको छ ।’ पहिलो एक किलोमिटरमा ५३ रुपैयाँ पाउने व्यवसायीले अब ५० रुपैयाँ मात्र लिन पर्ने बाध्यता स्वीकार्य नहुने उनले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.