भायनेटको नयाँ शाखा कास्कीको लेखनाथमा

आर्थिक आवाज ।
इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले नयाँ शाखा पोखरा महनगरपालिका वडा नं. २७ तालचोक लेखनाथमा संचालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरिएको छ ।

नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १५औं शाखा तालचोक, बराल कम्प्लेक्स, लेखनाथमा खोलेको हो । विगत १९ वर्षदेखि भायनेटले सेवा प्रदान गर्दै आएको छ ।

सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी एचडी च्यानल सहित २३० वटा च्यानल भएको नेटटिभीसँग साझेदारी गरेको छ ।

jutta mela

आजको समयमा भायनेट सन्तुष्ट ग्राहक भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १ सय ५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ । यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबंधन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले दु्रत गतिको इन्टरनेट सेवा प्रदान गरी ग्राहकको विश्वास जित्न आग्रह गरे ।

You might also like

Comments are closed.