भायनेटको शाखा पोखरामा, उत्कृष्ट गुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता

आर्थिक आवाज
पोखरा, ५ पुस । नेपालको अग्रणी इन्टरनेट तथा टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसन्स प्रा. लि. ले पोखरामा आफ्नो नयाँ शाखा शुभारम्भ गरेको छ । कम्पनीको नयाँ शाखा पोखरास्थित नयाँबजारमा सञ्चालनमा ल्याइएको छ । बुधबार एक कार्यक्रमसहित भायनेटको पोखरा शाखाबाट सेवा शुभारम्भ गरिएको हो । भायनेटले पोखरामा पहिलो पल्ट विश्वमा नै टेलिकम्युनिकेसन प्रविधिमा नाम कहलिएको नोकियासंगको सहकार्यमा आफ्नो ‘अल्ट्रा ब्रोडब्यान्ड’ क्षमतायुक्त नेटवर्कको शुरुवात गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेलले जानकारी दिए । ‘अल्ट्रा ब्रोडब्यान्ड’ले सय एमविपिएस भन्दा बढीको स्पीड प्रदान गर्नसक्ने उनले बताए ।

‘भायनेटका अनुसार यो नयाँ साझेदारीले हरेक प्रयोगकर्तालाई २ दशमलव ५ जिबिपिएससम्म स्पीड दिन सक्ने नेटवर्क निर्माण गर्न सकिनेछ,’ उनले भने, ‘जसले गर्दा प्रयोगकर्ताहरुले उच्च मागमा रहेका इन्टरनेट एप्लिकेसनहरु जस्तै अल्ट्रा हाई डेफिनिसन, भिडियो सामग्री, आइपिटिभी, अनलाईन भिडियो स्ट्रिमिङ साइटहरु, भर्चुअल रियालिटी र अरु इन्टरनेट चलाउन मिल्ने डिभाइसहरुलाई सपोर्ट गर्नेछ ।’ इन्टरनेटमा हाई क्वालिटी सामग्रीहरु हेर्ने माग उच्च रहेका कारण भायनेटले फ्युचर प्रुफ नेटवर्क निर्माणमा विश्वास राखे उनले बताए । ‘प्रयोगकर्ताहरुलाई सबैभन्दा उत्कृष्ट गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्घ छ,’ उनले भने ।

भायनेटको प्यान नेपाल एफटिटिएच नेटवर्क विस्तारको योजना अनुरुप पोखरामा सफलतापूर्वक सेवा विस्तार गर्न पाएकोमा गौरवान्वित रहेको पोखरेलले बताए । ‘पोखरामा हामीले आफ्नो पहिलो नोकिया डिभाइसहरु विस्तार गर्न लागेका छौं,’ उनले भने, ‘जसले गर्दा हामीले आफ्नो प्रयोगकर्ताहरुलाई सधैं नै उच्च गुणस्तरको सेवा प्रदान गर्न अझ बढी सक्षम हुनेछौं ।’

बिगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स सधैं नै अग्रणी रहि प्रयोगकर्ताहरुलाई भरपर्दो र सुलभ ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक विनय बोहराले बताए । ‘सन् २०११ मा भायनेट कम्यूनिकेसन्सले फाइबर अप्टिक्स इन्टरनेटमा अग्रता हासिल ग¥यो,’ उनले भने, ‘जसलाई एफटिटिएच’ इन्टरनेट सेवाको नामले चिनिन्छ ।’ सन् २०१६ मा भायनेटले नेट टि.भी.संग सहकार्य गरेर उच्च गुणस्तरको आइपिटिभी सर्भिसको शुरुवात गरेको उनले जानकरी दिए । ‘५५ भन्दा बढी एचडी च्यानलहरु सहित कुल १ सय ९० च्यानलहरु हेर्न मिल्छ र अन्य सुविधाहरु जस्तै पज एन्ड प्ले, मुभिज अन डिमान्ड, एक हप्ता सम्मको अटो रेकर्डिङ सुविधा जसले प्रयोगकर्ताहरुले आफूले हेर्न नपाएको एपिसोड रिवाइन्ड गरेर हेर्न सक्नेछन्,’ उनले भने । टि.भी. एनिह्वेर सुविधाले प्रयोगकर्ताहरुले आफ्नो मोबाइल र ल्यापटपमा पनि टि.भी. च्यानलहरु हेर्न सक्ने बोहराले जानकारी दिए ।

भायनेट आफ्नो उत्कृष्ट र ग्राहक केन्द्रित सेवाको लागि चिनिएको नाम हो । वर्षको हरेक दिन २४सै घण्टा सेवा दिने कम्पनीले जनाएको छ । १ सय ५० जना भन्दा बढी कर्मचारीहरु सहित कल सेन्टरको सुविधा रहेको बुधबार आयोजित कार्यक्रममा जानकारी दिइयो । भायनेटमा प्रयोगकर्ताहरुले जुनसुकै समयमा पनि सजिलै सम्पर्क गर्न सक्ने बोहराले बताए । आफ्नो सर्भिस अफरको रुपमा भायनेटले इन्ट्युटिभ सेल्फ सर्भिस क्लाइन्ट सर्भिस पोर्टल र इनोभेटिभ कस्टमर मोबाइल एप पनि प्रदान गरेको छ । जसमा प्रयोगकर्ताहरुले सपोर्ट सर्भिस म्यानेज गर्न, मोनिटर गर्न र रिसिभ गर्न सक्नेछन् । अहिलेको स्किममा भायनेटले आफ्नो इन्टरनेट प्लानका वार्षिक ग्राहकहरुलाई १ वर्षको नेट टि.भी. र नेट टि.भी. सेट टप बक्स निःशुल्क प्रदान गरिरहेको छ ।

lcci
You might also like

Comments are closed.