भ्रमण गर्दै, ज्ञान सिक्दै कास्कीका सहकारी व्यवस्थापकहरु

आर्थिक आवाज
पोखरा, १८ कात्तिक । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको सहकारी अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ । ३ दिनसम्म सञ्चालित भ्रमणका क्रममा एसियाको एक्सेस व्राण्ड प्राप्त काभ्रेस्थित विन्दवासिनी सहकारी, वुडोल सहकारी र सामुदायिक सहकारी संस्थाको अवलोकन गरिएको अध्यक्ष मीलन ढकालले जानकारी दिए । सहकारी संस्थाहरुले कसरी सफलता प्राप्त गरे भन्ने विषयमा त्यहाँका व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो ।

राष्ट्रिय सहकारी बैंकको टोलीसँग पनि भ्रमणटोलीले अन्तरक्रिया गरेको छ । भ्रमणको क्रममा व्यवस्थापकलाई लक्षित गरि वरिष्ठ प्रशिक्षक कृष्ण कुमार श्रेष्ठले तालिम समेत प्रदान गरिएका थिए । कार्यक्रममा कास्कीका ३२ जना व्यवस्थापकहरुको सहभागिता थियो । ‘भ्रमण पूर्ण व्यावसायिक बनाउने उद्देश्यले आयोजना गरेका हौं,’ अध्यक्ष ढकालले भने, ‘सहकारी अवलोकन भ्रमण सरासर जाने र केही सहकारी संस्था हेर्ने बाँकी दृष्श्यावलोकन गरेर फकर्ने हुँदा उपलव्धी मुलक हुन नसकेकाले सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ भनेर सन्देशमुलक भ्रमण आयोजना गरिएको हो ।’

क्लब सामाजिक संस्थाको रुपमा दर्ता भएता पनि क्वालिटी सर्कलको रुपमा कार्य गरि रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिने उनले प्रतिवद्धता व्यक्त गरे । ‘व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता’ नाराको साथ स्थापित क्लबले हालसम्म थुप्रै सहकारी सम्बन्धी तालिमहरु आयोजना गरिसकेको छ ।

lcci
You might also like

Comments are closed.