मजदुरहरुलाई साथ दिदै भाटभटेनी, खाना खुवाउँदै टावल, कपडा र साबुन सहयोग

काठमाडौं । भाटभटेनी सुपरमार्केटले काठमाडौंका मजदुरहरुलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै कम्पनीले कालीमाटी, बल्खु, सीतापाइला र कलंकी क्षेत्रका मजदुरहरुलाई सहयोग गरेको हो । दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खाना खुवाउनुका साथै साबुन, कपडा, टावल सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङ तथा कर्मचारीहरुले मंगलबार बिहान करिब १ सय ६० जना मजदुरहरुलाई सहयोग गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण काठमाडौंमा अहिले निशेधाज्ञा जारी छ । मजदुरहरुलाई बिहान, बेलुकाको छाक टार्नसमेत समस्या भएको अवस्था कम्पनीले सहयोग गरेको हो ।

You might also like

Comments are closed.