मदिरा र सुर्तीजन्य वस्तुहरू विक्री वितरणमा सहज गरिदिन माग

पोखरा ।

मदिरा व्यावसायी समिति कास्कीले मदिरा र सुर्तीजन्य वस्तुहरू विक्री वितरणमा सहज गरिदिन माग गरेको छ । समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो ।

समितिका पूर्व अध्यक्ष तथा महासंघका महासचिव तारानाथ ढुंगानाको नेतृत्वको टोलीले कास्कस्का प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाउँदै लकडाउनले मदिरा र सुर्तीजन्य वस्तुहरू बिग्रिने अवस्थामा पुगेको भन्दै विक्री वितरणमा सहज गरिदिन माग गरेको हो ।

उक्त अवसरमा समितिका अध्यक्ष रुपनारायण भुजेल, सल्लाहकार राजु भुवाई, समितिका कोषाध्यक्ष बाबुराम उपाध्याय लगायत सहभागी थिए ।

प्रशासनले आफ्ना मदिराजन्य र सुर्तीजन्य सामग्री विक्री वितरणमा सहजीकरण गरिदिए आफूहरूले सामाजिक दुरी कायम गरेर सुरक्षित ढंगले विक्री वितरण गर्ने नेपाल मदिरा व्यवसायी महासंघका महासचिव तारानात ढुंगानाले बताए ।

महासंघ केन्द्रको निर्देशनमा कास्कीमा ज्ञापनपत्र बुझाइएको समितिका अध्यक्ष रुपनारायण भुजेलले बताए ।

समितिले प्रमुख जिल्ला अधिकारी ढकालसंग बैंक व्याज र घरभाडा समस्या समाधानमा पहल गरिदिन समेत माग गरेको छ ।

You might also like

Comments are closed.