मधुमेह दिवसमा सचेतना कार्यक्रम, ७ सय जनाको परीक्षण

पोखरा, २८ कात्तिक । विविध कार्यक्रम गरी पोखरामा विश्व मधुमेह दिवस मनाइएको छ । मधुमेह न्यूनीकरणका लागि विश्वभर नै बिहीबार विभिन्न कार्यक्रम भएका छन् । पोखरामा लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालले विभिन्न कार्यक्रम गरेको छ ।

बिहीबार बिहान मधुमेहबारे सचेतनामूलक प्लेकार्डसहित चिप्लेढुंगाबाट निकालिएको ¥याली न्युरोड हुँदै पोखरा समागृहमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले विश्वमा मधुमेहको संक्रमण र नेपालमा यसको अवस्थाबारे प्रकाश पारे ।

jutta mela

उनले विश्वका ४३ करोड मानिस मधुमेहबाट पीडित रहेको तथ्यांक पेश गर्दै नेपाल जस्तै विकासशील देशमा मधुमेहका रोगीको संख्या दिनानुदिन बढिरहेकाले समयमै यसबारे सजगता र भएसकेको भए उचित उपचार जरुरी हुनेमा जोड दिए ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा दिवसकै अवसरमा सित्तैमा मधुमेह जाँच गरिएको छ । ७ सय २ जनाले सित्तैमा मधुमेह जाँच गराएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । युआरएलले स्थापनादेखि नै मधुमेह, टिजी लगायता जाँच बेला बेलामा सित्तैमा गरी सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ।

लायन्सका डाइबेटिज डिपार्टमेन्ट चिफ धनीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट गर्भनर इन्दु लम्सालले नागरिकको स्वास्थ्य लायन्सको प्राथमिकता भएकाले यस खालका कार्यक्रम बेला बेलामा गरिरहेको बताइन् ।

५ वटा क्लबले गरे मधुमेह सचेतना कार्यक्रम

यसैक्रममा बिहीबार दिउसो ५ वटा लायन्स क्लबको संयुक्त आयोजनामा मधुमेह सचेतना कार्यक्रम भएको छ । लायन्स क्लब अफ पोखरा समर्पण, ग्रिन हिल, वाराही टाउन, फेवासिटी र सगुनको आयोजनामा पोखरा उद्योग वाणिज्य संघमा सचेतना कार्यक्रम भएको हो ।

डा. अंशुमाली जोसीले सचेतना मन्तव्य राखेका थिए । समर्पणका अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन विद्या कायस्थले गरेकी थिइन् ।

You might also like

Comments are closed.