मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।

बडादसैँको आठौं दिन बुधबार मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा सो कुरा बताएका हुन् ।

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए । ‘मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,’ उनले भने ।

jutta mela

सो क्रममा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार जोशीले गुरुयोजनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर गत भदौ २३ गतेदेखि खुल्ला गरिएको हो । प्रसिद्ध मनकाना मन्दिर दर्शन गर्न हजाराँै भक्तजन बर्सेनि यहाँ पुग्छन् । पूजाआजा गर्दछन्, बलि दिन्छन् र परेवा उडाउँछन् ।

You might also like

Comments are closed.