मनछुने चिठी लेख्दै कलाकार प्रकाशले गरे सरकारलाई २ लाख रुपैयाँ सहयोग

कलाकार प्रकाश सपुतले सरकारलाई २ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले मनछुने स्टाटस मार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरी चिठी लेखेर सहयोगको समेत जानकारी गराएका हुन् । पढौं उनको चिठी जस्ताको तस्तै ।

सम्माननीय प्रधानमन्त्री ज्यु, नमस्कार !

विश्वमा भयानक रुप लिदै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानीय छन् । भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमजÞोर शरीर तर बलियो आत्मबल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साँझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईंको सक्रियता र सरकारको जÞिम्मेवारी बोधप्रति हामी कृतज्ञ छौं । यद्यपि, केही दिन अगाडि स्वास्थ्य मन्त्रीज्युले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौं । अरु त सबै ठिकै छ । कोशिश राम्रो छ । किप ईंट अप ।

सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भिडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउँको घरमा आएर सेल्फÞ क्वारेनटाइनमा बसेका छौं । दशैंमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौं । एक अर्थमा मेरो बाबा, आमा र गाउँ सार्है खुसी देखिएका छन् । तर त्यो खुसी धेरै बेर रहन सकेन जब साँझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नुभयो । ‘अब अनिश्चितकालीन बन्द भन्छन् । यसरी सबै परिवार भेला भएर बसी–बसी खान कहिलेसम्म पुग्ने हो ?’ माहोल स्तब्ध भयो । खाना खल्लो ! (बाबा लामो वैदेशिक रोजÞगार पछि अहिले घरमा हुनुहुन्छ । मैले नै उहाँलाई ढाडस दिएको थिए – बा ! तपाईं बुढो हुनु भो अब विदेश नजानुस । म गर्छु ।’

आमा गृहिणी हुनुहुन्छ । माइलो भाइ रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिराछ । खास तरक्कि गर्न सकेको छैन । बुहारी र छोरा गाउँमै छन् । अर्को दुई जना भाइ र मेरी श्रीमती बिन्दु अध्यनरत छन् र आफ्नो करियरमा संघर्षरत छन् । मेरी एउटा छोरी छिन् ३ वर्षको । पछिल्लो ५÷६ वर्षदेखि १० जनाको हाम्रो परिवार नितान्त म मा निर्भर छ भने पेशाले म गीतसंगीतमा निर्भर छु । फुलटाइमर कलाकार भनम न । दर्शकस्रोताको मायाले जेनतेन चलिरहेको छ । हैन, राम्रै चलिरहेको छ ।

खाना खाइवरी कोठामा पुगेपछि श्रीमती बिन्दु जी र मैले हाम्रो अकाउन्ट चेक गर्यौं । यही वर्ष काठमाडौंमा सानो घर लिएकाले हामीसंग धेरै नगद मौज्दात रहनेछ । व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दु जीले हिसाब निकाल्नुभयो – सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसीबसी खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामीसंग रहेछ । मैले आफूलाई भंयकर सम्पन्न भएको महशुस गरेँ । मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिइन । आत्मसम्मान र सपनाको पछि लागें । यद्यपि, दुई छाक टार्न गरेको संघर्षको छुट्टै कहालीलाग्दो कथा छ । परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसी बसी खान पुग्ने धन जोर्नु भनेको ठुलो उपलब्धि हो । मैले खत्रै फट्को मारेको हो हाम्रो पुर्खाको तुलनामा – बिन्दु जीलाई यति गफ लाइदेको उनी ढुक्क भएर निदाइन । तर म निदाउन सकिन ।

सम्माननीय प्रधान मन्त्री ज्यु ।

के हाम्रो बाले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नुभएको छ ? मन्त्री परिषदको कोरोना भाइरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रहयो भने हामी कति दिनसम्म पाल्न सक्छौं हाम्रो जनतालाई भनेर ? ! के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो ? मैले आफूले पाल्नुपर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफूले पाल्नुपर्ने नागरिकको हिसाब राखेको छ ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिति आयो भने सरकारसंग कति महिनालाई पुग्ने भकारी छ ? समस्या अहिल्यैबाट शुरु भइसकेको छ । कोरोना नआए पनि भोकमरीले अलिअलि छाया देखाइसकेको छ ! कम्पनी बन्द भएपछि कतै सेल्फÞ क्वारेन्टाइन त कतै आइसोलेशनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केही हप्तादेखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन ! काम ठप्पै भएपछि खल्तीमा डेड दुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महगिँएको पसल अगाडि गएर घण्टौं सोच्छ होला–यति पैसाले स्यानीटाइजर किनम कि स्यानी छोरीको लागि एक गास चामल ? हात धुनें साबुन किनम कि भात भिजाउने तिउन ? कोरोना छेक्ने माक्स किनम कि आशु पुछ्ने रुमाल ? रोगको डर र भोकको डरमा कति फरक छ ? रोगले मर्नु र भोकले मर्नुमा मृत्युको मूल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साँझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा’ जस्तो मन बनाएर यस्सो सोच्नुस त प्रम ज्यु । के भन्दो रछ हजुरको मनले !

ल मानम परिस्थिति यस्तै भयो – आफूसंग हुँदासम्म खाने, नभए मर्ने स्थिति आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो । यसबाहेक पनि केही रकÞम बच्ने भयो करिब – २ लाख रुपैयाँ । एउटा जिÞम्मेवार नागरिकका हैसियतले यो रकÞम यो विषम परिस्थितिका निमित्त सहयोग गर्न चाहन्छु । कहाँ कसकों नाममा दिने निधो नभएपछि रकÞम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष ज्युको रोहबरमा महासंघको कार्यालय बागलुङमा पठाएको छु । यो रकÞम सरकारकै मातहतमा जहाँ चलाए पनि हुन्छ । कोरोनाको आंशकामा बिना पुर्वाधार बिरामी जाचिरहेका ती हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मीका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी ! सेल्फÞ क्वारेन्टाइनमा बस्न नपाईं ज्यानको बाजÞी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्शनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्धा र बालबालिका र अन्य रोगले ग्रस्त कोही कसैलाई २ बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी । काम धन्दा सबै ठप्प भएर भोंकभोकै हुनुपर्ने केही श्रमिक घरपरिवारलाई गोडाएक महिना दुई गास दालभात ख्वाउन पाए पनि म खुसी । रकÞम थोरै छ तर यस्तो परिस्थितिमा जहा जसरी काम लागे पनि म खुसी ।

ल मानम यो सबै परिस्थितिको सामना र जिÞम्मेवारी सरकारले नै पुरा गर्ने भयो । सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी । यदि फिर्ता आयो भने म यो चेकको केही पैसाले सरकारको महिमामा एउटा गज्जबको गीत रेकर्ड गर्ने छु । र बाँकि रकÞमले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु । उसले धेरै पढोस् र विश्वमा फेरी यस्ता विषम परिस्थिति आयो भने रकÞम नतोकिएको चेक डोनेशन गर्न सक्ने हैसियत बनाओस् । आफ्नो देशका लागि मात्रै होइन पुरै विश्वका लागि ।

आफ्नो र हाम्रो ख्याल राख्नुहोला । धन्यवाद ।

प्रकाश सपुत ।

एक नागरिक र एक कलाकार ।

You might also like

Comments are closed.