मन्त्रीहरुको सम्पती जानकारी गराउन सरकारलाई लेखा समितिको तेश्रोपटक निर्देशन

काउ फार्मलाई ११ करोड दिएकोबारे पनि जानकारी गराउन सरकारलाई निर्देशन

पोखरा । गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारका मन्त्रीहरुको सम्पती ७ दिन भित्र जानकारी गराउनसरकारलाई तेश्रो पटक निर्देशन दिएको छ । यसअघि २ पटकसम्म पनि दिएको निर्देशन सरकारले अटेर गरेपछि समितिले बुधबार तेश्रोपटक निर्देशन दिएको हो ।

समितिले कात्तिक २० गते पहिलोपटक मन्त्रीहरुको सम्पत्ती जानकारी गराउन सरकारलाई ७ दिनको समयसीमा तोकेर पत्र लेखेको थियो भने फागुन ६ गते दोश्रोपटक ७ दिनको समयसीमा तोकेर निर्देशन दिएको थियो । यसअघि दिएको २ पटकको निर्देशन सरकारले अवज्ञा ग¥यो,‘समितिका सभापति कुमार खड्काले भने,‘त्यसैले ७ दिनभित्रमा मन्त्रीहरुको सम्पती जानकारी गराउन सरकारलाई तेश्रो पटक निर्देशन दिएका हौं ।’

समितिले गण्डकी काउ फार्मलाई ११ करोड दिएकोबारे पनि जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । गण्डकी काउ फार्मलाई ११ करोड दिएकोबारे यसअघि पहिलोपटक दिएको निर्देशन अटेर गरेपछि समितिको बुधबारको बैठकले दोश्रोपटक निर्देशन दिएको समितिका सभापति खड्काले जानकारी दिए ।

jutta mela

यसैबीच, सार्वजनिक लेखा समितिले आगामी चैत ११ गते ‘आर्थिक सुशासन’ सम्बन्धी लेखा समितिले अहिलेसम्म गरेका गतिबिधीबारे जानकारी गराउनुका साथै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा अन्र्तक्रियात्मक छलफल गर्ने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा हुने छलफलमा ‘आर्थिक सुशासन’का सम्बन्धमा लेखाले आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा नागरिक समाजको राय लिदै नागरिक र समाज र लेखा समितिबीचको समन्वयका विषयमासमेत छलफल गरिने समितिका सभापति खड्काले बताए ।

You might also like

Comments are closed.