मर्दी जाने पर्यटकलाई लक्षित गरी खुल्यो ‘मर्दी पिक’ होटल

आर्थिक आवाज
पोखरा, ९ पुस । कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ स्थित हाइ क्याम्प (क्यु) मा ‘मर्दी पिक’ होटल सञ्चालनमा आएको छ । मर्दी हिमाल ट्रेकिङ जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालन ल्याइएको प्रवन्ध निर्देशक कबिता गुरुङले जानकारी दिइन् ।

यो होटल मर्दी हिमाल ट्रेकको अन्तिम बासस्थान बन्नेछ । समुन्द्री सतहबाट ३ हजार ५ सय मिटर उचाइमा रहेको होटलमा एक दिनमा सय जना भन्दा बढीलाई सेवा प्रदान गर्न सकिने गुरुङले जानकारी दिइन् ।

करिब २ करोड रुपैयाँ लगानीमा होटल सञ्चालनमा आएको बताइएको छ । मर्दी हिमाल प्रशिद्ध ट्रेकिङ रुटमा पर्छ । पोखराबाट ३ देखि ६ दिनसम्मको प्याकेजमा यहाँ जान सकिन्छ । मदीमा रहेको मर्दी वराह धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्य हो ।

jutta mela

मर्दी जाने पर्यटकलाई होटलको असुविधा रहेकाले सेवा प्रदान गर्ने लक्ष्यसहित होटल सञ्चालनमा ल्याइएको सञ्चालक रुमबहादुर गुरुङ (राम)ले जानकारी दिए । ‘मर्दीमा वर्षको बाह्रै महिना जान सकिन्छ,’ उनले भने । होटलमा न्यानो कोठा, तातो पानी, वाइफाईको सुविधा रहनेछ । ‘पर्यटकलाई अर्गानिक खाना खुवाउँछौैं,’ उनले भने ।

मर्दीको सुन्दरताबाट आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण वर्षेनी बढिरहेको स्थानीयबासी समेत रहेका गुरुङले बताए । ‘मर्दीमा ट्रेकिङ आउनेहरुको संख्या बढिरहेको छ,’ उनले भने, ‘यहाँको सुन्दरताबाट जो पनि प्रफुल्लित हुने गर्छन् ।

You might also like

Comments are closed.