‘मर्सिडिजको इञ्जिन भएकाले फोर्सको इञ्जिन बलियो छ’

निरन केसी
म्यानेजिङ डाइरेक्टर
आयाम इन्टरकन्टिनेन्टल प्रालि

फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. हो । प्रालिले नेपाली बजारमा फोर्स मोटर्सका विभिन्न मोडलका गाडीहरु बिक्री वितरण गर्दै आइरहेको छ । बिगत ५ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढि सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आइरहेको छ । कार्गो किङ पिकअप, ट्राभलर बस, मिनी बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । यसै क्रममा फोर्स मोटर्सका विविध विषयमा केन्द्रित रहेर प्रालिका प्रवन्ध निर्देशक निरन केसीसँग आर्थिक आवाजले गरेको कुराकानीः

फोर्स गाडीको माग अहिले कस्तो छ ?
फोर्स गाडीका मागहरु अहिले बढ्दो छ । खासगरी लाइट कमर्सियल गाडीको माग राम्रो छ । कस्टुमरको डिमान्ड पनि राम्रो छ ।

फोर्सका गाडीहरुको मोडलहरु के के छन् ?
फोर्सका गाडीहरुमा अहिले पिकअप भ्यान, लक्जरी बस, जीप, अफरोड भेहिकलमा गोर्खा मोडलहरु बजारमा छन् ।

jutta mela

फोर्स गाडीका मूल्यहरु कति कति छन् ?
फोर्सका गाडीहरुको मूल्य एकदमै सस्तो छ । बजारका अन्य गाडीहरुको तुलनामा फोर्सका गाडीहरुको मूल्य न्यून भएकैले यो धेरैको रोजाइमा पर्ने गरेको हो । फोर्सका गाडीहरुको मूल्य न्यूनतम १९ लाखदेखि ६२ लाख रुपैयाँसम्मका गाडीहरु छन् ।

फोर्स गाडीका विशेषता के–के हुन् ?
फोर्स गाडीको मुख्य विशेषता भनेकै इञ्जिन र गियर बक्स हो । मर्सिडिजसँग कोलाब्रेसन भएर निस्केको गाडी हो फोर्स । फोर्स गाडीमा मर्सिडिजकै इञ्जिन प्रयोग भएकाले यसको इञ्जिन बलियो हुन्छ । त्यस्तै, नेपाली बाटो सुहाउँदो गाडी भएकाले नेपालमा यो गाडी धेरै नै रुचाइएको छ । हामी छिमेकी देश भारतसँग मिल्दोजुल्दो भएकाले पनि भारतलाई टार्गेट गरेर बनाउँदा पनि नेपालको बाटोमा चलाउन उपयुक्त गाडी हो फोर्स ।

फोर्स गाडीको लक्षित वर्ग को हुन् ?
फोर्स गाडी ग्रामीण भेगलाई लक्षित गरेर बनाइएको हो । त्यसैले यो ग्रामीण क्षेत्रकै व्यवसायीलाई उपयुक्त हुन्छ । यो १४ सिटे गाडी हो । यसको मूल्य ३६ लाख ९५ छ । मूल्य सस्तो भएकाले निम्न वर्गकाले किनेर उच्च व्यवसाय गर्नसक्ने खालको गाडी हो यो ।

फोर्स गाडी किन चढ्ने ?
यो हाइ क्याटगोराइज, धेरै सिट, माइलेज राम्रो छ । सँगै सस्तो पनि भएकाले कम लगानी भई छिटो लगानी फिर्ता गर्नसक्ने गाडी भनेको फोर्स नै हो । यसै कारण फोर्स नेपाली बजारमा लोकप्रिय छ । नेपाली बाटो र हावापानी सुहाउँदो पनि छ ।

बैंकिङ नीतिले कत्तिको मार परेको छ ?
बैंकिङ नीतिले समस्या पारेको छ । बजार माग घट्दा बिक्री पनि घटेको छ । बैंकले निजी गाडीलाई लगाए पनि कमर्सियल गाडीमा यसरी टाइट गर्न नहुने हो । यो त व्यावसायिक गाडी हो । उत्पादनसँग सिधै जोडिएर किसान र व्यवसायी दुबैलाई फाइदा पु¥याउने गाडी भएकाले यसमा छुट दिनु पर्ने हो । तर सरकारले यसमा पनि टाइट गरेर निम्न आय भएकाहरुलाई बिदेशमै जाउ भनेजसरी काम गरेको छ । यो गलत छ ।

फोर्स गाडीमा दशैं अफर के छ ?
फोर्स गाडीले दशैंको अवसरमा डाइरेक्ट क्यास योजना ल्याएको छ । जीपमा सबैभन्दा बढी २ लाख नगद, इन्सुरेन्स, एक तोला सुनको सिक्री वा बैंकक वा बाली मध्ये कुनै एक देशमा टुर अफर दिएको छ । बसमा पनि २ देखि ३ लाखसम्मको छुट र पिकअप सेगमेन्टमा ५० हजार नगद र इन्सुरेन्स फ्रि गरेर झण्डै ९०÷९५ हजार नै डिस्काउन्ट अफर दिएको छ ।

You might also like

Comments are closed.