महतगौंडा बिरुवा फाँटमा रोपाईं महोत्सव हुने

आर्थिक आवाज
पोखरा । पोखरामा हरेक वर्ष हुँदै आएको रोपाईं महोत्सव यस वर्ष पोखरा १७ महतगौंडा विरुवा फाँटमा गनहुने भएको छ । पोखरा पर्यटन परिषदले वर्षेनी आयोजना गर्दै आएको असारे रोपाईं महोत्सव यस वर्ष विरुवा फाँटका स्थानीय ऋषिराम भण्डारीको ४ रोपनी क्षेत्रफलमा चार हल गोरु नारेर गरिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ यहि असार १५ गते हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

खेती योग्य जमिनको संरक्षण, कृषिलाई ब्यबसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्दैै परम्परागत नेपाली कृषि प्राणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा आन्तरिक ३० देखी हजार र विदेशी पर्यटक ५ सयको सहभागिता रहने अनुमान गरिएको अध्यक्ष पोखरेलले बताए ।

jutta mela

महोत्सवमा हलगोरु दौड, आमा समूहबीच असारे गीत तथा रोपाईं प्रतियोगिता, माछा समात्ने खुल्ला प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता पुरुष तथा महिला, हिलोमा महिला तथा पुरुष पर्यटक दौड प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, रस्साकस्सी, पत्रकारहरुको हिले दौड प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिने उनले बताए । उनका अनुसार महोत्सवको अवसरमा विविध सांस्कृतिक प्रस्तुती राखिनुका साथै स्थानिय एवम् कास्की जिल्लामा उत्कृष्ट हुने कृषकलाईसमेत सम्मान गरिनेछ ।

हलगोरु दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र सान्त्वनालाई १ सयसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने जनाइएको छ । रोपाइँ तथा असारे गीत गाउने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र सान्त्वनालाई १ हजार प्रदान गरिने छ । दौड प्रतियोगितामा विजयी हुनेलाई ट्रफी प्रदान गरिने जनाइएको छ ।

रोपाईं महोत्सवमा खाजाका स्टलहरु राखिने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलको अध्यक्षतामा १९ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न १८ वटा उपसमितिहरु गठन गरिएको जनाइएको छ ।

You might also like

Comments are closed.