महानगरका ३३ वडामै ५० जना अट्ने क्वारेन्टाइन बनाइने

महिलालाई छुटटै क्यारेन्टाइन बनाइने, कास्की बाहेक अन्यत्रको तरकारी र फलफुल भित्रन नदिन सिफारिस

 

पोखरा । कोरोना भाइरसको संक्रमण फैलिदै गएको अवस्थामा पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्नेभएको छ । पोखरा महागनर कोरोना संक्रमण नियन्त्रण मुल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले सबै वडामा ५० जना राख्न सकिने स्थानको छनोट गर्न वडाहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ । महानगरले हाल दुई वटा क्वारेन्टाइन सञ्चालन गरेको छ ।

पोखराको मालेपाटनस्थित कृषिको होस्टेल र जाल्पारोडस्थित लेकसिटि रिसर्च एण्ड हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ । अगामी दिनमा थप ब्यक्तिहरु राख्नपर्ने अवस्थालाई मध्यनगर गदै सबै वडाका वडाअध्यक्षहरुलाई बढिमा ५० जना राख्न सकिने स्थानको छनोट गर्न तत्काल पत्राचार गर्ने निर्णय गरेका छौ उपप्रमुख गुरुङले भनिन्, ‘क्वारेन्टाइन सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी समेत वडाले गर्ने छ । त्यसका लागि आवश्यक स्वास्थ्य सेवाको ब्यवस्थापन महानगर स्वास्थ्य महाशाखाले गर्ने छ ।’ त्यस्तै महानगरले महिलाहरुका लागि छुटटै क्वारेन्टाइन बनाउने निर्णय समेत गरेको छ ।

jutta mela

महिलाका लागि एउटा छुटटै क्वारेन्टाइन स्थानको छनोट र ब्यवस्थापन गर्न महानगरको क्वारेन्टाइन ब्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको उपप्रमुख गुरुङले जानकारी दिइन् । बैठकले पोखरा महानगरले उपलब्ध गराउदै आएको सुत्केरी पोषण सामाग्रीलाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । महागनरले लकडाउन सुरु भएयता सुत्केरी भएकाहरुलाई एक केजी ध्यू, एक केजी हर्लिक्स, एक लिटर तेल र नगद पाँच सय रुपैयाँ उपलब्ध गराउदै आएको छ । त्यस्तै लकडाउनका बेला महानगरले सुरु गरेको प्रसुती सेवा र मृगौला विरामीहरुलाई प्रदान गरेको निशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले बताए ।

महानगरले नगरबासीको स्वास्थ्य सेवालाई र भविष्यमा आइपर्ने समस्यालाई मध्यनगर गदै एम्बुलेन्स खरिद गर्ने भएको छ । कोरोना संक्रमण नियन्त्रण मुल समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्वुलेन्स खरिद गर्न पोखरा महानगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको उपप्रमुख गुरुङले बताइन् ।

त्यस्तै हाल सञ्चालनमा रहेका एम्बुलेन्स मध्य २ वटा कोरोना संक्रमितको लागि मात्रै सञ्चालन गर्ने र अरु एम्बुलेन्स अन्य रोगका विरामीलाई ओसारपोरसारमा प्रयोग गर्ने निर्णय गरेको छ । पोखरा महागनरले कोरोना संक्रमणको उच्च जोखिम र आगामी दिनहरुमा संक्रमण फैलिन नदिन कास्की जिल्ला बाहेक अन्य स्थानबाट पोखरामा तरकारी तथा फलफुल भित्रन नदिन आवश्यक कार्य गर्न महानगरलाई सिफारिस गर्ने निर्णय गरेको महानगरका अनुगमन अधिकृत किरण कोइरालाले जानकारी दिए ।

You might also like

Comments are closed.