महानगरको कोरोना राहत कोषमा कोअपरेटिभ म्यानेजर्स क्लबको साथ

पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले सहयोग गर्ने भएको छ । महानगरको कोषमा क्लबको तर्फबाट १ लाख ११ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरिने क्लबका अध्यक्ष डम्बरसिंह बस्नेतले जानकारी दिए ।

कास्की जिल्लामा क्रियाशील सहकारीका व्यवस्थापकहरुको साझा संस्थ कोअपरेटिभ म्यानेजर्स क्लबका सदस्यहरुले सामुहिक रुपमा उक्त सहयोग गर्ने भएका हुन् । बिहीबार ६३औं राष्ट्रिय सहकारी दिवसकोे अवसरमा उक्त निर्णय गरिएको संस्थापक अध्यक्ष मीलन ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.