महानगर २७को युवा क्लवमा अर्जुन

पोखरा, १० बैशाख
पोखरा महानगरपालिका वडा नं. २७मा भएको युवाहरुको भेलाले अर्जुन भण्डारीको अध्यक्षातामा वडा युवा क्लव गठन गरेको छ ।  क्लवको उपाध्यक्षमा निशा विश्वकर्मा, सचिव श्रीकृष्ण तिमिल्सेना र कोषाध्यक्षमा नेहिता गुरुङ्ग रहेका छन् । यसैगरी समितिको सदस्यमा अनिशा वि.क, अन्जना आचार्य, सदिस गुरुङ्ग,सञ्जु आचार्य, सुधा आचार्य, महेश अधिकारी, सुजना आचार्य, प्रमोद बस्ताकोटी, सृजना आचार्य र साहिल गुरुङ्ग रहेका छन् ।

क्लवको संरक्षकमा वडा नं. २७का वडा सदस्य प्रेम प्रसाद बराल रहेका छन् । स्थनीयतहको प्रत्येक वडामा सम्बन्धित वडाको वडाध्यक्ष वानिजले तोकेको वडासदस्यको संरक्षकत्वमा युवा क्लव गठन हुने व्यवस्था युवाक्लव गठन तथा युवा संसद संचालन कार्यविधि २०७५ उल्लेख छ ।

भेलाको उद्घाटन गर्दै, वडा नं. २७का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्गले युवालाई सामाजिक दायित्व र कर्तव्य प्रतिजिम्मेवार बनाउन वडा युवा क्लव गठन गरिएको बताए ।
उनले पछिल्लो क्रममायुवाहरु लागु औषध र दुव्र्यसनको सिकार हुँदै गएको उल्लेख गर्दै, सरकारी तहबाटै युवाक्लवको गठन गरी समाजका विभिन्न क्षेत्रमा सहजीकरण र क्रियाशिल बन्ने वातावरण सिर्जना भएको बताए ।

उनले युवाहरुलाई विग्रनबाट जोगाउन पनि यस्ता क्रियाकलापले मद्दत पुग्ने स्पष्ट पारे ।  कार्यक्रममा वडा सदस्य शेखरनाथ लामिछानेले क्लव गठनले युवाहरुलाई स्थानीय सरकारसँग आफ्ना मुद्दामा पैरवीगर्न सहजहुने बताए । युवाक्लवका संरक्षक एवं वडा सदस्य प्रेम प्रसाद बरालले युवाहरुको नेतृत्व तथा क्षमता विकास गरी देशको शासन संचालन प्रणाली र सुशासन सम्वन्धमा युवालाई सशक्तीकरण गर्ने उद्देश्यले क्लवको गठन गरिएको बताए । उनले क्लवको गठनले वडाको योजना, कार्यक्रम र विकास निर्माणमा सहकार्य, युवाका सवालमा बहस एवं युवाबाट राज्यलाई पृष्ठपोषण लिन सजिलो हुने बताए ।

महिला सदस्य सरस्वती नेपालीले क्लवमा ५० प्रतिशत सदस्यमहिलाको हुनु पर्ने बाध्यात्मकनियमले नेतृत्वतहमामहिलाहरुलाई स्थापित गराउन सहयोग पुग्ने विश्वास व्यक्तगरिन । क्लव गठनमा वडा सचिव लिलामणि भण्डारीले सहजीकरण गरेका थिए ।

नेपाल सरकारको राष्ट्रिय युवा परिषद अन्र्तगत युवाक्लव गठन तथा युवा संसद संचालनकार्यविधि २०७५ अनुसार महानगरले ३३ वटै वडामा युवाक्लव गठन तिनीहरुबाट छनौट भई आएकायुवाहरुको प्रतिनिधि सम्मिलितयुवा संसदको गठन गरी अभ्यास गर्न लागेको हो ।  नेपाल सरकार युवातथा खेलकुदमन्त्रालय राष्ट्रिय युवा परिषदले प्रदेश र संघीय युवा संसदको समेत अभ्यास गर्न लागेको हो ।

You might also like

Comments are closed.