‘महालक्ष्मीलाई नेपालकै उत्कृष्ट कम्पनी बनाउँछौं’

नेपाली बिमा बजारमा महालक्ष्मी इन्स्योरेन्स कम्पनी कान्छो कम्पनीका रुपमा बजारमा उदाएको छ । स्थापनाको छोटो समयमा आक्रामक बजार विस्तार रणनीति बनाइरहेको कम्पनीका विशेषता, नेपाली बिमा बजार, बिमाको सम्भावना र चुनौतिका विषयमा महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँग आर्थिक आवाजले गरेको कुराकानी :

नेपाली बिमा बजारमा महालक्ष्मी कान्छो कम्पनीका रुपमा कसरी उदायो ?
बिमा समितिले १० ओटा कम्पनीलाइ अनुमति दिएपछि पनि हामी विविध कारणले गर्दा ढिला भएका हौं । ९ कम्पनीले काम शुरु गरे । उनीहरुले काम शुरु गरेको करिब डेढ वर्षपछि हामी बजारमा आयौं । हामीलाई ठुलो चुनौति पनि थियो । दश कम्पनी आउँदा अस्वस्थ प्रतिश्पर्धा हुन्छ भन्ने लाग्नु स्वभाविक हो । भिन्नै रणनीतिका साथ आउनुपर्छ भनेर हामी योजना बनाएर आयौं । माघ २६ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर ३ वटा प्रोडक्ट पनि लन्च ग¥यौं र २७ गतेबाट काम शुरु ग¥यौं ।

कम्पनी स्थापना भएको छोटो समयलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
जीवन बिमा कम्पनीमा अभिकर्ता विशेष मानिन्छन् । पहिला अभिकर्ताको सञ्जाल तयार गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यस भन्दा पहिले नेपालभर नै बिमाका विषयमा जनचेतना जगाउनुपर्छ भनेर त्यसै अनुसार लाग्यौं । महालक्ष्मीको परिचयसँगै ग्राहकले कस्तो प्रोडक्ट चाहेको छ, त्यसलाई पनि पत्ता लगाउनुपर्छ भनेर नेपालभर भेटघाट, अन्तरक्रिया तथा बृहत छलफल लगायतका कार्यक्रम ग¥यौं । करिव १ महिनामा ३५ जिल्लामा ७५ तालिम संचालन ग¥यौं । अहिले ४० जिल्ला कटिसकेको छ । अभिकर्ताको सञ्जाल बिस्तारसँगै जनचेतना जगाउँदै त्यसपछि बल्ल शाखा विस्तारमा जाने र प्रोडक्ट सेल गर्ने भन्ने कार्यक्रम अनुसार नै हामी अगाडि बढिरहेका छौं ।

jutta mela

शाखा विस्तार कसरी गरिरहनुभएको छ ?
अधिकर्ताले ल्याउने पोलिसीलाई समयमा नै प्रोसेसिङ गर्नको लागि आउटलेट आवश्यक पर्ने भएकाले बिमा समितिबाट पहिला १३ वटा शाखाको स्वीकृति लियौं । त्यस मध्य १० वटा अपरेसनमा ल्याइसक्यौं । जनसंङ्ख्याको ठुलो हिस्सा राजधानीमा रहेको र आर्थिक हिसावले पनि सम्पन्न भएको हुँदा राजधानी केन्द्रित भयौं । बिमा समितिसँग स्वीकृति लिएर उपत्यका भित्र १० शाखा सञ्चालन ग¥यौं । चैत भित्र २३ शाखा सञ्जाल हामी बिस्तार गरिसक्छौं । उद्देश्य अनुसार सफल हुन्छौं भन्ने मलाई लाग्छ ।

बिमा बजारमा धेरै कम्पनी हुँदा प्रतिस्पर्धा र चुनौति कत्तिको छ ?
काम गर्न धेरै चुनौति छन् । धेरै कम्पनीका बिचमा प्रतिश्पर्धा छ । इन्भेष्टरलाई रिटर्न दिनुप¥यो, विजनेश ग्रोथ पनि गर्नुप¥यो । विजनेश ग्रोथको लागि धेरै च्यालेन्ज छ । विभिन्न कम्पनी गाउँगाउँमा पुगे । गाउँमा पुग्नबाट के फाइदा भयो भने कम्पनीबीचको प्रतिश्पर्धाले जनचेतना जगायो । पहिलाको तुलनामा अहिले मानिस धेरै सचेत भएका छन् । बिमाका सम्वन्धमा धेरै कुरा जानेका छन् । स्वच्छिक बिमा हुने अवस्था भने अहिले पनि कम छ ।

१० वटा कम्पनी थप भएपछि बिमा क्षेत्रमा भएका प्रगतिलाई कसरी लिनुहुन्छ ?
२ वर्ष अगाडि बिमाको कभरेज ७ प्रतिशत थियो । बिमा समितिको तथ्याङ्क अनुसार अहिले १७ प्रतिशत कभरेज छ । कम्पनी थपिएकाले र जनचेतना जगाउने कार्यक्रमहरु संचालन गरिएकाले २ वर्षको अवधीमा १० प्रतिशत बढेको हो । यसले के देखाउँछ भने यस क्षेत्रमा सम्भावना धेरै छ, हामी ठाउँमा पुग्न सकेका छैनौं । अहिले पनि ८३ प्रतिशत मार्केट खाली छ । यस व्यवसायमा अवसरका साथै चुनौति पनि धेरै छन् ।

बजारमा बिमाको काम गर्न कत्तिको समस्या छ ?
बिमा कम्पनी जति लागेपनि राज्य र बिमा समितिले लिने नीतिगत परिवर्तन सकारात्मक नहुँदासम्म बिमा बजारको कुरा गर्न र काम गर्न गाह्रो नै छ । राज्य यस विषयमा सकारात्मक हुनुपर्छ । बिमा कम्पनी तथा बिमा समितिले पनि जनचेतना जगाउनु पर्छ । कम्पनीले ल्याउने प्रोडक्टमा पनि नयाँपन हुनुपर्छ । हिजोसम्म आएका जति पनि कम्पनी छन्, प्राय सबैले अरुको कपि पेष्ट गरेर आएका छन् । आम मानिसको चाहना के छ ? आवश्यकता के हो ? पहिचान गरेर नयाँ प्रोडक्ट ल्याउनुपर्छ ।

कम्पनीहरुबीचको प्रतिस्पर्धा कस्तो छ ?
प्रतिस्पर्धा कै कारण हामीले २ नयाँ प्रोडक्ट ल्यायौं । महालक्ष्मी डवल बिमा र लगानी फिर्ता बिमा नेपालमा नितान्त नयाँ प्रोडक्ट हुन् । हामी के चाहन्छौं भने अरु कम्पनीले पनि नयाँनयाँ प्रोडक्ट ल्याउनुपर्छ । राज्यले पनि कर छुटको व्यवस्था गर्नुपर्छ । अहिले राज्यले करमा २० हजारसम्म छुट दिएको छ । हामी के चाहन्छौं भने यसलाई १ लाख पु¥याउनुपर्छ । हिजो १ लाखको बिमा गर्नेले अहिले करिव २०÷२५ लाखको बिमा गर्छन् । हिजोको २० हजार छुटलाई बढाएर १ लाख बनाउन सकियो भने १ लाख प्रिमियमको करमा हुने छुटले पनि मानिसको बिमा प्रति आकर्षण बढ्छ । कम्पनी, बिमा समिति र राज्यले पनि यस्ता कुरामा ध्यान दिनु आवश्यक छ ।

अन्य कम्पनी भन्दा महालक्ष्मी कसरी फरक छ ?
हामी अरु कम्पनी भन्दा फरक छौं । पहिलो कुरा मानिसले हेर्ने भनेको इन्भेष्टर को–को छन् भन्ने हो । महालक्ष्मीमा नेपालका ५ वटा स्थापित बैंक छन् । मेगा बैंक, ज्योती विकास बैंक, महालक्ष्मी विकास बैंक, ओम डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन् । यी बैंक स्थापित बैंक हुन् र महालक्ष्मीको प्रमोट गरेका छन् । वकिल, इञ्जिनियर, बैंकका पूर्व सिइओ, हालका सिइयो लगायतका प्रोफेसनल व्यक्ति पनि हुनुहुन्छ । लगानीकर्ताको समूह एकदम बलियो र प्रोफेसनल छ । यसको व्यवस्थापन पनि बलियो छ । २२ वर्षदेखि म निरन्तर सिइयो छु । म महालक्ष्मी फाइनान्सदेखि नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंकमा सफल नेतृत्व दिइसकेर महालक्ष्मी इन्स्योरेन्सको नेतृत्व लिन आएको छ । स्थापित र इमान्दार म्यानेजमेन्ट टिम हामीसँग छ । संस्था सफल हुन लिडरसिप पनि राम्रो हुनुपर्छ । भिजनरी लिडर हुनुपर्छ । मुहान ठिक भयो भने खोला ठीक हुन्छ भने जस्तै लिडरसिप राम्रो भयो भने संस्था पनि सफल हुन्छ भन्ने हाम्रो मान्यता छ ।

महालक्ष्मीको राम्रो पक्ष के मान्नुहुन्छ ?
हाम्रो प्रोडक्ट पनि नयाँ छ । इन्नोभेटिभ प्रोडक्ट हामीसँग छ । अध्ययन तथा अनुसन्धान गरेर प्रोडक्ट ल्याएका छौं । आम मानिसले हाम्रो प्रोडक्टलाई धेरै रुचाउनुभएको छ । अभिकर्ताको सञ्जाल पनि भिन्न तरिकाले विस्तार गरेका छौं । अभिकर्ता सक्रीय भइरहोस् आफ्नो पनि बिमा गरोस् भन्ने हो । बिमा गर्न नसक्ने अवस्थामा अभिकर्ता मात्र उत्पादन गरेर पनि उसले कमाई गर्न सक्नुपर्छ भन्ने हाम्रो मान्यता हो । जर्मनीको म्युनिथ्रि कम्पनी अहिले विश्वमा नै उत्कृष्ट बनेको छ र नम्बर वान ¥याङकिङमा पर्छ । यो कम्पनी हामीसँग आवद्ध छ । अरु कम्पनीले पनि ल्याउने प्रयास गरेका थिए तर आएन । अहिले हाम्रो प्रोफाइल हेरेर हामीसँग आवद्ध भएको छ । यसले गर्दा पनि अरु कम्पनी भन्दा हामी फरक छौं ।

सर्वसाधरणलाई कहिले सेयर दिनुहुनुन्छ ?
धितोपत्र वोर्डको नियमावली अनुसार चल्नुपर्छ । १ वर्षको कारोबार गरेपछि मात्र सर्वसाधारणमा जान पाइन्छ । त्यस अन्तर्गत १ वर्षको कारोबार सकिने वित्तिकै हामी पब्लिकमा जान्छौं । ७० र ३० को रेसियोमा हामी छौं । ७० प्रमोटरको र ३० पब्लिकको लागि हो ।

अर्थतन्त्रमा बिमा क्षेत्रको योगदान कस्तो छ ?
छरिएर रहेको पुँजी बिमा कम्पनीले संकलन गरेपनि त्यो बैंकमा नै जाने हो । देशको अर्थतन्त्रमा सहयोग पुगेको हुन्छ । १० प्रतिशत इन्फास्टक्चरमा लगानी गर्न दिएको छ । सडक, हाइड्रो, पर्यटन, कृषिका ठुलाठुला परियोजनामा लगानी गर्न पाइन्छ । हिजो अप्रत्यक्ष रुपमा विकासमा जान्थ्यो भने अहिले बिमा कम्पनीले आफै लगानी गर्न सक्ने अवस्था छ । अवश्य नै यसले अर्थतन्त्रमा ठुलो योगदान पु¥याउँछ ।

बिमा कम्पनीबीच मर्जरको सम्भावना कस्तो छ ?
हिजो कम्पनी कम हुँदा बिमाको कभरेज गाउँगाउँमा पुगेको थिएन । मानिसले सेवा लिन नसकेको अवस्था थियो । अहिले एकैसाथ १० कम्पनी आएका छन् । यो आवश्यकता भन्दा धेरै हो । निकट भविष्यमा ७÷८ भन्दा धेरै जीवन बिमा कम्पनीको आवश्यकता हुँदैन । अहिले भने बिमा सम्वन्धी कुरा बुझाउन तथा सचेतना जगाउन भने धेरै कम्पनी भएर सहज भएको छ । यसलाई मसरुमिङ ग्रो पनि भन्न सकिन्छ । मसरुमिङ ग्रो भइसकेपछि जो सक्छ उ टिक्छ र जो सक्दैन उ विलय हुन्छ । यो प्रकृतिको नियम पनि हो । अहिले नै मर्जरको बेला भने भएको छैन । नयाँ तथा पुराना सबै कम्पनीको पर्फमेन्स पनि थाहा हुन्छ । करिव ५ वर्ष पछि भने मर्जरको प्रकृया शुरु हुन्छ भन्ने मलाई लाग्छ । करिव ६÷७ जीवन बिमा कम्पनी मात्र नेपालमा रहन्छन् ।

बिमा ऐनका सम्बन्धमा के भन्नुहुन्छ ?
२०४९ सालमा २÷३ वटा कम्पनीलाई हेरेर ल्याएको ऐन, नियमावली नै अहिले अधुरो छ । यसलाई समय सापेक्ष रुपमा परिवर्तन गर्नुपर्छ । संशोधन गरेर नयाँ परिवेश अनुसारका कानुन बनाउनुपर्छ । कम्पनी बढे अनशार बिमा समितिले सुपरभाइजर डेभलप गर्न सकेको पनि छैन । प्रयास भइरहेको छ भन्ने लाग्छ । बिमा प्राधिकरण ऐन बन्दैछ । अर्थ समितिबाट पास भएर संसदले पास ग¥यो भने नियमन र दायरा भित्र राख्न सहज हुनछ । लिमिटेड कम्पनी भन्ने अनी हरेक वर्ष लाइसेन्स रिन्यु गर्नुपर्ने जुन नियम छ, यसलाई व्यवस्थित र परिमार्जन गर्नुपर्छ ।

महालक्ष्मीलाई कस्तो कम्पनी बनाउने लक्ष्य लिनुभएको छ ?
१० कम्पनीमा १ नम्वरमा आउने र ५ वर्षमा नेपाल कै उत्कृष्ट बिमा कम्पनी बन्ने हाम्रो लक्ष्य छ । हिजोको मेरो कामको आधारमा नै अहिले मैले यो लक्ष्य राखेको हुँ ।
बिमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ भनिन्छ, के भन्नुहुन्छ ?
बिमा क्षेत्रमा विकृति तथा अस्वस्थ प्रतिस्पर्धा छ । एबै पटक १० कम्पनीलाई अनुमति दिइएको छ । आफूलाई टिकाउन र अगाडि लैजान पनि यस्तो भएको हो । जथाभावी प्रोडक्ट ल्याउनु भएन । कतिपय कम्पनीले नीति नियम भन्दा बाहिर गएर पनि काम गरेका छन् । यसलाई रोक्नुपर्छ । रेगुलर कमिसन वाहेक १८ प्रतिशत भन्दा धेरै खर्च गर्न पाइदैन । पोलसी बोनसमा पनि असर पर्छ । पोलिसी बोनसमा असर पर्नु भनेको विमित मारमा पर्नु हो । खर्च र प्रोडक्टका विषयमा बिमा समितिले ख्याल गर्नुपर्छ ।

You might also like

Comments are closed.