महाशिला अध्यक्ष कप-२०७६ सम्पन्न

बौद्ध युवा क्लब प्रथम

पर्बत : पर्वतको महाशिला गाउँपालिका ६ फलामखानीमा महाशिला अध्यक्ष कप-२०७६ सम्पन्न भएको छ । “खेल संगै बिकास निर्माणमा युवाहरुको एकता, समृद्ध महाशिला हाम्रो प्रतिबद्धता” भन्ने नारासंगै वडा कार्यालय महाशिला ६ फलामखानीको आयोजनामा गत पौष २७ गतेदेखि सुरु भएको कार्यक्रम माघे १ गते बुधबार सम्पन्न भएको हो ।

खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा बौद्ध युवा क्लब महाशिला ५ दुक्तान प्रथम , आयोजक फलामखानी दित्तिय र फलेवास नगरपालिका ८ ठानामौला तृतीय भएका छन् । प्रथम, दित्तिय र तृतीयले क्रमशः ४५ हजार, २५ हजार र १५ हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.