महासंघको केन्द्रीय सदस्यमा गिरीलाई जिताउन अभियान जारी, नवलपुरका ३ वटा उवासंघ टोलीसँग भेटघाट

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीलाई नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित गराउन चुनावी अभियान जारी छ । गिरीले गण्डकी प्रदेशबाट महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

चुनावी अभियानका क्रममा गिरीसहित संघका पूर्व अध्यक्ष, बर्तमान अध्यक्ष तथा पदाधिकारीहरुको टोलीले प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका टोलीसँग छलफल तथा भेटघाटलाई तिब्रता दिएको छ । यसैक्रममा नवलपुर जिल्लाका ३ वटा उद्योग वाणिज्य संघका प्रतिनिधिसँग छलफल तथा भेटघाट सम्पन्न भएको छ ।

jutta mela

नवलपुर उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ र गैंडाकोट उद्योग वाणिज्य संघका टोलीसँग छलफल तथा भेटघाट गरिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । भेटघाटनका क्रममा सकारात्मक प्रतिक्रिया प्राप्त गरेकाले आफू निकै उत्साही भएको गिरीले बताए । महासंघको महाधिवेशन साउन २६ र २७ गते हुने भनिएपछि कोरोना प्रभावका कारण स्थगित भएको छ ।

You might also like

Comments are closed.