महिन्द्राको इलेक्ट्रिक कार इएक्सयूभीको रेन्ज सार्वजनिक

काठमाडौं । गत अटो एक्स्पोमा सार्वजनिक गरिएको महिन्द्राको इलेक्ट्रिक कार ईएक्सयूभीको रेन्ज सार्वजनिक भएको छ । सो इलेक्ट्रिक कार सिंगल चार्जमा ३ सय ७० किलोमिटर चलाउन सकिने बताइएको छ ।

महिन्द्राले अटो एक्स्पोमा पहिलो दिन ईएक्सयूभी ३००को नियर प्रोडक्सन भर्सन पेश गरेको थियो । यसमा समावेश गरिएको मोटरले १३० बीएचपीको पावर जेनेरेट गर्छ । यसको लुक एक्सयूभी ३०० को रेग्युलर मोडल जस्तो देखिन्छ । महिन्द्राले सो कार २०२१ मा लन्च गर्ने बताइएको छ ।

ईएक्सयूभी ३०० मा ३५० भोल्ट र ३८० भोल्ट पावरट्रेनको विकल्प उपलब्ध हुनेछ । यसमा बन्द ग्रिल र र्यापअराउन्ड हेडल्याम्प छ । कारको हेडलाइट आसपास र बम्परमा निलो रंग छ ।

You might also like

Comments are closed.