महिला उद्यमशीलता र महिला सशक्तीकरणमा संघको महत्वपूर्ण योगदानः जानुका

जानुका अधिकारी
कोषाध्यक्षः लेखनाथ उद्योग वाणिज्य संघ
आर्थिक तथा महिला समूह परिचालन संयोजकः १६औं लेखनाथ महोत्सव

लेखनाथ उद्योग वाणिज्य संघले महिला उद्यमशीलता विकास र महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान दिदै आएको छ । महिला जागरणमूलक अन्तरक्रिया, तालिमलगायत दिएर महिलालाई अगाडि बढाउन संघले भूमिका खेल्दै आएको छ । संघमा लागेर अनुभव प्राप्त गरेकाहरुले नेतृत्वदायी भूमिकासमेत खेल्ने मौका पाएका छन् । त्योपनि उपलब्धीकै रुपमा रहेको छ । त्यतिमात्र होइन संघले नेतृत्व विकासमा पनि महत्वपूर्ण योगदान दिएको छ । नेतृत्व विकास सम्बन्धी तालिम दिने, सक्षमलाई जिम्मेवारी दिने, गर्छु भन्ने आँट र साहस भएकालाई अझ हौसला प्रदान गरेर अगाडि बढाउनुका साथै भ्रमणमा लगेर सिक्ने अवसरपनि प्रदान गर्दै आएको छ । कानुनी सचेतना, क्षमता अभिबृद्धिलगायतका कार्यक्रमपनि निरन्तर गरिरहेका छौं ।

jutta mela

संघले महिला उद्यमशीलता विकासका लागिपनि भूमिका खेल्दै आएको छ । आफ्नो रुची अनुसारको सीप र ज्ञान लिन चाहनेलाई संघले टोलटोलमै सीप विकास तालिम आयोजना गर्ने गरेको छ । अहिलेपनि व्यक्तिहरुले २० देखि ३० जनाको समूह बनाएर आएमा उनीहरुले कस्तो तालिम लिन चाहेको हो त्यसका लागि सहयोग गर्न संघ तयार छ । तर त्यो तालिम उत्पादनमूलक र आयआर्जनसँग सम्बन्धित हुनुपर्छ ।

संघले गर्ने यस्ता कार्यक्रममा महोत्सवको भूमिका छ । महोत्सवबाट प्राप्त रकमबाटै यसमा खर्च हुने भएकाले महोत्सव महत्वपूर्ण छ । त्यसैले महोत्सव लेखनाथ उद्योग वाणिज्य संघको मात्रै होइन, समग्र लेखनाथबासीको हो, पोखराबासीको हो । महोत्सव महिला दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा छोराछोरी एकै ठाउँमा भेट हुने, रमाइलो गर्ने, आत्मियता साट्ने थलो पनि हो । त्यसैले यसलाई सबैले मिलेर सफल बनाउनुपर्छ ।

You might also like

Comments are closed.