महिला उद्यमि संघ नेपाल, कास्कीले मनायो १० औं वार्षिकोत्सव

पोखरा, १६ बैशाख
महिला उद्यमि संघ नेपाल, कास्कीले १०औं वाषिकोत्सव एक कार्यक्रमको आयोजना गरी आईतवार मनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश सांसद मिना गुरुङले महिला उद्यमि संघ, महिलाहरुको सस्था भएको र समाज एवं देशको विकासका लागि अब महिलाहरु चुलो चौका सँगसँगै व्यवसायलाई पनि अगाडी बढाउनुपर्ने बताईन् । महिला उद्यमशिलताको प्रवद्र्धनमा लागेको सस्थालाई आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको उनको भनाई छ ।

१० औं वार्षिकोत्सवको अवसर पारेरसंस्थाले आफ्नो नयाँ कार्यालय मासबार स्थित घरेलु कार्यालय अगाडि बराल निवासमा सारेको छ सो कार्यका लागि डि.जी. इन्टरनेशनल प्रा.लि.का संस्थापक अध्यक्ष दुर्गा घोताने (मिलन) ले संस्थालाई आवश्यक पर्ने दराज, कुर्सी, टेबल सामाग्री प्रदान गरेर सहयोग गरेका छन् ।

सस्थामा सल्लाहकार द्धय सिता गुरुङ र कुलदेबि बरालले संस्थाको प्रगतिको लागि शुभकामना व्यक्त गर्दै महिलाहरुलाई उद्यमशिलतामा अगाडी बढ्नको लागि आग्रह गरे । ७५ जना उद्यमशिल महिलाहरुको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष काशी गुरुङले गरेकी थिईन् । कार्यक्रममा संस्थाका निवर्तमान महासचिव एवं वडा नं. ८ का वडा सदस्य किरण गौतम लगायत संस्थाका विभिन्न वडा इकाई अध्यक्षहरुले वोलेका थिए । शुभकामना मन्तव्य सस्थाका प्रथम उपाध्यक्ष पार्बति पौडेल रेग्मीले रसञ्चालन संस्थाका महासचिब प्रतिभा गैहे्रले गरेका थिए ।

You might also like

Comments are closed.