महिला पर्यटन व्यवसायीले चीनमा गरे नेपालको पर्यटन प्रवद्र्धन

पोखरा । पोखराका पर्यटन क्षेत्रमा सक्रिय महिलाहरुले ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो ।

चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सह्रानीय रहेको बताइन् । पराजुली चीनको विकासको मोडललाई अपनाएर विकास गर्ने सके नेपाल छिट्टै समृद्ध हुने विश्वास व्यक्त गरिन् ।

चीनका प्रमुख शहरहरुमा नेपालबारे थाहा नभएको देख्दा दुःख लागेको उनले बताइन् । उनले भनीन् ‘हामी मुख्य तीन शहर वेइजिङ, गोन्जावो, साङघाइ शहर प्रमुख गन्तब्यमा पुग्यौ । कतिपय ठाउँमा नेपाल भनेको कहाँ छ भन्ने समेत थाहा रहेनछ ,अधिकाशं पसलमा हामीलाई भारतीय नागरिक बनाइयो ।’ उनले नेपाल भ्रमण वर्ष २०२० पर्चाहरु बाँडेर र सगरमाथा, गौतमबुद्धको देश र चीन सँगै सिमाना जोडिएको भन्दै आफ्नो टोलीले नेपालका परिचय दिदै हिडेको बताइन् ।

jutta mela

मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यसायी महिला चिन पुगेको बताइन् । हरेक क्षेत्रमा सक्रिय रुपमा तल्लिन त्यहाँका नागरिकको मेहनतले पनि चीनलाई आर्थिक रुपमा सवल बनाउन सकेको उनको धारणा थियो ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक परनिर्भरताबाट टाढा रहेको चीनका धेरै पक्षहरु सिको गर्न लायक रहेको सहभागी उमा काफ्ले भनाइ थियो । प्राकृतिक भन्दा पनि मानव निर्मित धेरै कुराबाट विश्वको ध्यान खिचिरहेको चीन नेपालीकोलागि एक महत्वपूर्ण अध्ययन अवलोकनको गन्तब्य रहेको भ्रमणमा सहभागी माया सुवेदी अनुभव थियो ।

भ्रमणको अनुभव सुनाउँदै गोमा भण्डारीले नेपालको एयरपोर्टमै सोधिएका अनेक र अनावश्यक प्रश्नले नरमाइलो लागेको बताइन् । “हामीलाई नेपाल एयरपोर्टमै मनोबल गिराउने गरी प्रश्न सोधियो र धेरै वेर रोकियो ।” श्रीमानलाई सोधेर आएको हो ? महिला महिला मात्रै कसरी जानुहुन्छ ? जस्ता कुराले नमज्जा लागेको उनको भनाई थियो । भण्डारीले चीन प्रवेश सँगै घुम्दा र देख्दा अनी त्यहाँको इतिहासको बारेमा जान्दा विकासकोलागि शताब्दि कुर्न आनवश्यक नहुने रहेछ भन्ने कुराको बोध भएको बताइन् । देशलाई माया गर्ने राजनेता भए ४ दशकमै मुलकले आर्थिक छलाङ मार्न सक्ने उदाहरण चीनबाट सिक्ने सकिने उनको भनाइ थियो ।

बेइजिङको टप भ्यूज होलिडेज प्रा.लिसँगको समन्वयमा मञ्चका १८ जना पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, साङ्घाइ,गोन्जाओ,शहरका मुख्य मुख्य ठाउँहरुको अध्ययन अवलोकन गरेको कार्यक्रम संयोजक सुशीला सिग्देलले जानकारी दिइन् । टोली असारको तीन गते गएर १४ गते फर्किएको हो ।

You might also like

Comments are closed.