महोत्सवको पाँचौ दिनसम्म ३० लाखको करोबार

तनहुँ ४,मंसिर
तनहुँको दमौलीमा जारी तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको पाचौँ दिनसम्म ३० लाख बराबरको आर्थिक करोबार भएको छ । मंगलबार मात्र ५ लाखको आर्थिक करोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिए । महोत्सवको पाँचौ दिनसम्म ५ लाख दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए ।
“अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ“ भन्ने नाराका साथ आयोजित महोत्सवमा आदिवासीको नमूना घर, आदिवासीका विभिन्न खानाका परिकार, मादीसेती नदीमा जल विहार मुख्य आकर्षणका रुपमा रहेका छन । महोत्सवको पहिलो दिनदेखी नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरीरहेका छन् । बाल कलाकार अशोक दर्जी, एआर बुढाथोकी, टंक बुढाथोकी, मेलिना राई, राजु गुरुङ, कपिल मगर, सन्ध्या बुढाथोकी, रेश्मा गुरुङ, यामसागर विक, देवान किनार, शर्मिला थापा, कमल खत्री, विन खाती, सन्दिप परियार, सञ्जय थापा, लक्ष्मी नेपाली, प्रिया गुरुङ्ग, रेनु थापा, लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिमा दर्शकहरु झुमेका थिए ।

त्यस्तै गरी मंगलबार अनिता गुरुङ, सरिता सारु मगर, रञ्जिता थापा, शंकर परियार, शर्मिला गुरुङ, राजन गुरुङ चर्चित कार्यक्रम उकाली ओरालीकी कार्यक्रम सञ्चालिका एंव छुच्ची नानीको नामले परिचित गायिका रुपा सुनार, लगायतका कलाकारले दर्शकलाई नचाएका थिए । महोत्सवमा आजबाट लोक दोहोरी प्रतियोगिता समेत सुरु भएको आयोजकले जनाएको छ ।
म्होत्सवले जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाहृय पर्यटकहरुलाई आकषिर्त गर्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।
आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।

lcci
You might also like

Comments are closed.