महोत्सवलाई सम्पूर्ण पोखरेली संघसंस्थाको साथ छ

लोकबहादुर थापा
उपाध्यक्ष, युनाइटेड क्लब पोखरा

पोखरा महोत्सवलाई सम्पूर्ण पोखरेली संघसंस्थाहरुको साथ र सहयोग छ । महोत्सवको आयोजक युनाइटेड क्लव पोखरा भएपनि यो पोखरा र सम्पूर्ण पोखरेलीको हो । यो सफल भएमा देश तथा विदेशमा पोखराको सन्देश राम्रो जान्छ । पर्यटन प्रवद्र्धनमा पनि सघाउँछ । समग्र पोखरा र गण्डकी प्रदेशलाई नै ब्राण्डिङ गर्छ । तर यो असफल भएमा युनाइटेड क्लव मात्र नभई सम्पूर्ण पोखरा र पोखरेली असफल हुन्छ । असफल हुँदा पोखराको नकारात्मक सन्देश जानसक्छ ।

त्यसैले पोखरा महोत्सवलाई सम्पूर्ण संघसंस्थाहरुको पूर्ण रुपमा सहयोग र साथ छ । स्थानिय क्लव, आमा समूह, युवा क्लव, टोल विकास संस्थालगायतका पूर्ण सहयोग छ । महोत्सव उद्घाटनको अवसरमा हुने झाँकीसहितको ¥यालीमा ३ सय बढी संघसंस्था सहभागि हुँदैछन् । यसले पनि संघसंस्थाको सहयोग कत्तिको छ भन्ने प्रष्ट थाहा हुन्छ । हामीलाई पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघको पनि सहयोग छ । त्यस्तै वस्तुगत संघसंस्थाहरुको पनि सहयोग र साथ छ । त्यतिमात्र होइन महोत्सवलाई राजनीतिक दलहरुको पनि साथ र सहयोग छ । नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राप्रपा, नयाँशक्ति, संघीय समाजवादी फोरमलगायतका पोखरामा रहेका सम्पूर्ण दलहरुको साथ, समर्थन र सहयोग छ । उहाँहरुले अतिथिहरु को को बोलाउने र उहाँहरुसँग सम्पर्क र ल्याउनका लागि लबिङ गर्नसमेत सघाईरहनु भएको छ । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको पनि सहयोग छ । विशेष गरेर सुरक्षाका लागि नेपाल प्रहरीले सहयोग गरेको छ ।

हामीलाई अमरसिंह माविको पनि सहयोग छ । विद्यालयको जाडो बिदाको समय पारेर हामीले महोत्सव गरेका हौं । विद्यालयसँग भएको सहमति अनुसार नै महोत्सव गर्दैछौं । बिदामा महोत्सव गर्दा विद्यार्थीलाई कुनै असर नपर्ने भएकाले यो समय छनौट गरेका हौं । युनाइटेड क्लव र अमरसिंह मावि बिचको सम्बन्ध पनि राम्रो भएकाले एकले अर्कालाई हामीले सहयोग आदानप्रदान पनि गर्छौं ।

lcci
You might also like

Comments are closed.