माउण्ट कैलाश रिसोर्टको लोगो माउण्ट एभरेष्टमा

पोखरा, २५ जेठ

पोखराको माउण्ट कैलाश रिसोर्टको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेको छ । आरोही गेल्जे शेर्पाले माउण्ट कैलाश होटलको लोगो सर्वोच्च शिखर सगरमाथामा पु¥याएका हुन् । ओखलढुङगा खिजिदेम्बा गाउँपालिका २ नस्पुका शेर्पाले ९ पटक सगरमाथाको सफल आरोहण गरी सकेका छन् । अन्तराष्ट्रिय पथप्रर्दशक समेत रहेका उनले जेठ २ गते विहान ७ बजे माउण्ट कैलाश रिसोर्टको लोगो शिखरमा फराएका थिए ।

सगरमाथा आरोही गेल्जे शेर्पाले शनिबार माउण्ट कैलाश रिसोर्टमा एक कार्यक्रमका बिच सर्वोच्च शिखर सगरमाथामा रिसोर्टको लोगो पु¥याएको तस्बिर सहितको फ्रेम रिसोर्टका संचालक नरेश भट्टराईलाई हस्तान्तरण गरेका थिए । रिसोर्टका सांचालक भट्टराइले पोखराको रिसोर्टको लोगो सगरमाथाको शिखरमा पु¥याएकोमा सगरमाथा आरोही शेर्पालाई धन्यवाद दिएका थिए । कार्यक्रममा होटलका संचालक भट्टराईले शेर्पालाई पर्वातारोहण पर्यटन सभावना दुत घोषण गरे । उनले यस अगाडी पनि विभिन्न देशबाट रिर्सोटले तीन वटा अर्वाड पाइसकेको बताउदै यो पनि ठुलो उपलब्धी भएको बताए ।

jutta mela

सगरमाथा आरोही शेर्पाले माउण्ट कैलाश रिसोर्टको लोगो सगमाथाको शिखरमा पु¥याउन पाउँदा खुशि लागेको बताए । शेर्पाले पर्वातारोहणका लागि आउने पर्यटक र अन्य घुम्न आउने पर्यटकलाई फरक ढंगले हेर्ने गरिएको बताउँदै सबै खाले पर्यटक एकै उद्देश्यले नेपाल घुम्नु र बुझनु रहेको बताए । पर्वातारोहणका लागि आउने पर्यटकले बढी खर्च गर्ने भएकोले गण्डकी प्रदेशका उच्च हिमालमा पनि आरोहणलाई आकर्षण गर्ने गरि कार्यत्रलम ल्याउनु पर्ने सुनाए । शेर्पाले सगरमाथा २००८ बाट आरोहण गर्न शुरु गरेका हुन् भने अन्नपूर्ण प्रथम (८०९१ मिटर) उच्च हिमालको २०१८ मा आरोहण गरेका थिए ।

You might also like

Comments are closed.