मानवसेवा आश्रमलाई सेतीगण्डकीको सहयोग

पोखरा, १३ भदौ । बुबाको मुख हुर्ने दिनको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेती गण्डकीले मानवसेवा आश्रम पोखरालाई सहयोग गरेको छ । सडकमा बेबारिसे अवस्थामा रहेका वृद्धबृद्धाहरुको उद्धार तथा लालनपालनमा सक्रिय रहेको संस्थामा पुगेर क्लबले सामाजिक भावनाका साथ सहयोग गरेको हो ।

उक्त अवसरमा पाँचवटा खाना खाने टेबल, ग्यास सिलिण्डर २ वटा, खाना राख्ने भाँडा, जुत्ता ¥याक २ वटा, २५ हजार रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा लगायतका बस्तु सहयोग गरिएको कार्यक्रम संयोजक तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिपार्टमेन्ट चिफ मीलन थापाले जानकारी दिइन् । एक दिनको खाना खुवाउने कार्यक्रम पनि सम्पन्न गरिएको उनले बताइन् ।

jutta mela

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले क्लब क्लबले बुबाको मुख हुर्ने दिनको अवसरमा मानवसेवा आश्रममा पुगेर प्रशंसनीय कार्य गरेको बताए ।

प्रदेश सांसद तथा क्लबका पूर्व अध्यक्ष प्रभा कोइरालाले बृद्धबृद्धाको उद्धारमा सक्रिय मानवसेवा आश्रमलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । अर्का प्रदेश सांसद मीना गुरुङले देखावटी भन्दा पनि वास्तविक सेवाको कार्यमा क्लब सक्रिय रहनु राम्रो पक्ष भएको धारणा राखिन् ।

कार्यक्रममा बोल्दै एफडब्लुसी मल्टिपल कोअर्डिनेटर तथा पूर्व डिष्ट्रिक्ट गभर्नर ध्रुवबहादुर थापाले सेती गण्डकीले स्थापनादेखि नै रचनात्मक गतिविधिमा सक्रिय रहेको बताए । आश्रमका लागि आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

मावन सेवा आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले मानवीय सेवाको भावना भएका व्यक्ति तथा संघसंस्थाहरुको सहयोगबाट आश्रमले सफलता प्राप्त गरिरहेको बताए । कार्यक्रममा डिपुटी चिफ एडभाइजर दुर्गा ढकाल, क्लस्टर प्रमुख शिवराज आचार्य, पत्रकार सुरेन्द्र पौडेल लगायतले बोलेका थिए । आश्रममा ९६ जना बृद्धबृद्धाहरुले आश्रय लिइरहेका छन् ।

क्लबका अध्यक्ष शुभद्रा श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्का कार्यक्रम संयोजक सञ्जु शिलवालले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव शोभिता खड्काले गरेकी थिइन् ।

You might also like

Comments are closed.