तनहुँ, १५ माघ
खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले बुधवार आयोजना गरेको दोश्रो व्यास नगर अल्ट्रा म्याराथनको सम्पुर्ण तयारी पुरा भएको छ ।
सहिद दिवसको अवसर पारेर नगरपालिकाले आयोजना गरेको म्याराथन व्यास–५ मानहुँबाट सुरु भएर व्यास नगरपालिका–८ पुलिमराङमा टुंगिनेछ । मानहुँबाट पुलिमराङसम्म ४४ किमि दूरी रहनेछ । प्रतियोगितामा भाग लिन हिजोसम्म ७७ जना धावकहरुले नाम दर्ता गराएका छन भने भोलिसम्म १५० जनाले भाग लिने अपेक्षा गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । नाम दर्ता गराउनेमा ६० जना तनहुँका र १७ जना अन्य जिल्लाका रहेका छन् । प्रतियोगितमा १३वटा जिल्लाबाट सहभागीहरुले नाम दर्ता गराएको नगरपालिकाले जनाएको छ ।
मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर टुंगिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, दोश्रो हुनेलाई ६० हजार, तेश्रो हुनेलाई ५० हजार र सान्त्वना हुने पाँच जनालाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
सोही अवसरमा नेपालका ख्याती प्राप्त धावक बैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।
Comments are closed.