मारुती डिजायरसँग प्रतिस्पर्धा गर्न रेनोले ल्याउदै छ क्विडमा आधारित सेडान

काठमाडौं । रेनोले क्विड बेस्ड सब–कम्प्याक्ट सेडान लन्च गर्ने तयारी गरिरहेको छ । नयाँ क्विड सेडानको प्रतिस्पर्धा डिजायरको साथै हुन्डाई एक्सेन्ट, होन्डा अमेज, फोर्ड एस्पायर र टाटा टिगोरसँग हुनेछ । दक्षिण एसियामा अहिले सब–कम्प्याक्ट सेडान कार निकै चर्चित छ । रेनोले आफ्नो क्विड बेस्ड एमपीभी ‘ट्राइबर’ यही वर्षको जुनमा लन्च गर्ने खबर आएको थियो । तर अब रेनोले मारुतीको स्विफ्ट डिजायरसँग प्रतिस्पर्धा गर्नको लागि तयारीमा जुटेको छ ।

रेनोको क्विड बेस्ड सब–४ मिटर सेडानको कोड नेम एलबीए राखिएको छ । रेनो सो सेडान कारलाई सीएमएफ–ए प्लेटफर्ममा तयार गर्नेछ, तर ह्विलबेस क्विड भन्दा बढी हुनेछ । सो कारको लन्चिङ समय तोकिएको नभए पनि आउँदो वर्षसम्मा सो कार लन्च गर्ने सम्भावना रहेको छ । सो कार इन्ट्रि लेभल ह्याचब्याक क्विडमा आधारित हुनेछ । त्यसैले सो कार देख्दा टाटा टिगोर जस्तै हुनेछ । सो कारको मुल्य मारुती डिजायर, हुन्डाई एक्सेन्ट, होन्डा अमेज, फोर्ड एस्पायर र टाटा टिगोर भन्दा कम हुनेछ । हाललाई रेनोको फोकस एमपीवी ट्राइबर र एचबीसी कोड नामक सब–कम्प्याक्ट एसयूभीमा रहेको छ ।

कम्पनीले सो कारको इन्जिन डिटेल्सको वारेमा आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । अनुमानित रिपोर्ट अनुसार यसमा १।० लिटरको ३ सिलिन्डर भएको टर्बो चाज्र्ड पेट्रोल इन्जिन जडान गरिने सम्भावना रहेको छ । जसले ९० बीएचपीको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन पनि उपलब्ध हुनेछ । प्रदूषण मानकलाई ध्यानमा राखेर कम्पनीले सो कार पेट्रोल इन्जिनमा मात्र लन्च गर्नेछ ।

रेनो केही समयदेखि ट्राइबर एमपीभीको परिक्षणमा लागिरहेको छ । यसको प्रतिपस्र्धा मारुती अर्टिगा र ड्याटसन गो प्लससँग हुनेछ । ट्राइबरमा ७ सिटर रहेको छ र यसको लम्बाई ४ मिटर भन्दा कम हुनेछ । सो कारमा क्विडको टर्बोचाज्र्ड १।० लिटरको पेट्रोल इन्जिन जडान गरिएको छ । रेनोले सो कारलाई म्यानुअलको साथ साथै अटोमेटिक ट्रान्समिसनमा पनि लन्च गर्नेछ । रेनो ट्राइबरको एक्स शोरुम मूल्य ५ लाख देखि ८ लाख ५ हजार भारु रहने सम्भावना छ ।

You might also like

Comments are closed.