मास्टर बेकरीको आउटलेट विन्ध्यबासिनीचोकमा

पोखरा १ नयाँगल्लीमा बिगत १० वर्षदेखि सञ्चालित मास्टर बेकरीले आउटलेट विस्तार गरेको छ । माघ पहिलो साताबाट पोखराको विन्ध्यबासिनीचोकमा आउटलेट विस्तार गरिएको सञ्चालक अणनाथ अधिकारीले जानकारी दिए ।

बेकरी सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको मास्टर बेकरीले ग्राहकको सेवा सुविधालाई मध्यनजर गरी आउटलेट विस्तार गरिएको अधिकारीले बताए । मास्टर बेकरीले अर्डर अनुसार केकका परिकार लगायत पार्टी तथा सभा सेमिनारमा आवश्यक पर्ने ब्रेकफास्ट तथा टि स्न्याक्स तयार पार्ने अधिकारीले जानकारी दिए ।

क्याटरिङ तथा पार्टीहरुमा आवश्यक पर्ने स्विट डिजर्टहरु पनि मास्टर बेकरीमा अर्डर गर्न सकिनेछ । बिगत लामो समयको अनुभवबाट पोखरामा गुणस्तरीय बेकरी आइटम उत्पादन गर्न आफूहरु सफल रहेको अधिकारीले बताए । ‘होम डेलिभरीको व्यवस्था पनि छ,’ उनले भने, ‘सर्वसुलभ दरमा सेवा प्रदान गरिरहेका छौं ।’

jutta mela

You might also like

Comments are closed.